देश पोष्ट /काठमाण्डौं । आज मिति ५–असोज २०८१ शनिवार २१–सेप्टेम्बर २०२४ शनिदेव महाराजकाे दर्शन् गरी तपाइको राशिफल हेर्नुहोस् ।
मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । पहिलेको सफलताले थप हौसला जगाउनेछ । नयाँ कामको प्रस्ताव आउनेछ । सहयोगीहरू प्रशस्तै भेटिनेछन् । बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । पहिलेकै कमजोरी दोहोरिन सक्छ । व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ । अतिथि सत्कारमा खर्च बढ्न सक्छ ।
वृष
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
दौडधुप गर्नुपर्ला । आफ्ना काम रोकिन सक्छन् । कर्जामार्फत धन जुट्नेछ । लामो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । आफ्नाबाट भने टाढिनुपर्ने हुन सक्छ । केही खर्च लागे पनि प्रतिष्ठा प्राप्त हुनेछ । यात्राको प्रक्रिया अघि बढ्नेछ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ ।
मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, ह
आम्दानी बढाउनेछ । महत्त्वपूर्ण काम बन्न सक्छ । दिगो फाइदा हुने काम प्राप्त हुन सक्छ । आयस्रोत बढ्नुका साथै उठ्नुपर्ने रकम हातलागी हुनेछ । कृषि, पशुपालन तथा व्यापारमा मनग्य आयआर्जन हुनेछ । सञ्चित धन उपयोग गर्दा पनि फाइदा हुनेछ । पछिका लागि पनि सामान्य लगानी गर्न सकिनेछ ।
कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
काममा उत्साह बढाउला । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । कीर्तिमानी काम गर्ने समय छ । साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । इनाम दिलाउन सक्छ । सामाजिक दायित्व बढ्नेछ । पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ । व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ ।
सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ । तारिफयोग्य कामले धेरैको मन जित्न सकिनेछ । रोकिएका केही काम बन्नेछन् । टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ । उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ । अरूको काममा जुट्नुपरे पनि फाइदा आफैंलाई हुनेछ । समाजसेवामा प्रवृत्त गराउन सक्छ ।
कन्या
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
दौडधुप गराउन सक्छ । नयाँ काममा जुट्न नसकिएला । कामलाई भने निरन्तरता दिन सकिनेछ । आश्वासन दिनेहरूले झुक्याउन सक्छन् । अरूको स्वार्थका लागि उपयोग भइएला । पछि फाइदा दिने काम सम्पादन गर्न सकिनेछ । अप्ठ्यारो पर्दा शुभचिन्तकहरूले साथ दिनेछन् ।
तुला
र, रि, रु, रे, रो, ता, ति, तु, ते
उपलब्धि प्राप्त हुनुका साथै मनग्य धन लाभ हुनेछ । दिन मनोरञ्जनपूर्ण रहनेछ । सोख पूरा हुनेछ । भौतिक साधन प्राप्तिको योग छ । नयाँ ज्ञानले अध्ययनमा उत्साह जगाउनेछ । व्यवसायका लागि यात्रा सम्भावना छ । सुमधुर दाम्पत्यले प्रफुल्लित भइनेछ । आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ ।
वृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
आर्थिक लाभ हुने काममा मनग्य फाइदा हुनेछ । रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ । मेहनतले राम्रै प्रतिफल दिलाउनेछ । शत्रुहरू किनारा लाग्नेछन् । प्रतिस्पर्धामा पनि विजयी भइनेछ । चुनौती चिर्दै काम बनाउन सकिनेछ । पहिले ईर्ष्या गर्नेहरूले नै सहयोग गर्न थाल्नेछन् । आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोला ।
धनु
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
बौद्धिक क्षेत्र फराकिलो बन्नेछ । विशेष अवसर प्राप्त हुनेछ । शुभचिन्तकहरूको सहयोग जुट्नेछ । पहिलेको स्थितिमा सुधार आउनेछ । बिस्तारै काम बन्नेछ । अर्थ उपार्जनका केही स्रोत पनि फेला पर्नेछन् । समाजमा आफ्नो प्रभाव बढ्न सक्छ । पेसा–व्यवसायमा फाइदा हुनेछ । जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ ।
मकर
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
दिगो योजनामा अघि बढ्दा फाइदा उठाउन सकिनेछ । अन्योलमा मान्यजनको सुझाव शिरोधार्य गर्दा लाभ हुनेछ । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला । आर्जित द्रव्य अरूलाई दिने नभई भित्र्याउने समय छ । दिएको धनमाल पछि आफैंलाई आवश्यक पर्न सक्छ । पुरानो सम्झौता नवीकरण हुनाले पछिसम्म फाइदा हुनेछ ।
कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, द
प्रतिफल प्राप्त हुने समय छ । साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन् । काम प्रारम्भ गर्ने समय छ ।े दिगो योजना प्रारम्भ हुन सक्छ । नयाँ तथा रचनात्मक काममा जुट्ने समय छ । प्रतिस्पर्धामा जित दिलाउनेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । व्यापारमा पनि मनग्य धनलाभ हुनेछ ।
मीन
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ । सुखद् समाचारले उत्साह जगाउनेछ । बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ । आर्थिक क्रियाकलापमा समेत फाइदा हुनेछ । आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ । नयाँ काम प्रारम्भ हुनेछ । सम्मानित स्थान दिलाउन सक्छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]