देश पोष्ट /काठमाण्डौं । देशको राजधानी लगायत बिभिन्न अस्पताल बाट रेफर भएर दैनिक सयौंको संख्यामा रेबिज बिरुद्धको खोप लगाउन बिरामी शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा आउने गरको अस्पतालका निर्देशक डा.युवानिधि बसौलाले जानकारी दिनु भएको छ ।
सामान्यतया भुस्याहा कुकुर,बाँदर लगायत घरपालुवा कुकुरहरुले टोकेपछी सोझै या अन्य अस्पताल बाट रेफर भएर रेबिज बिरुद्धको खोप लगाउन अस्पताल आउने गरेको निर्देशक बसौलाको भनाई रहेको छ ।
दैनिक रुपमा कोभिड,डेंगि र अन्य सरुवा रोगको कारण ५०० भन्दा बढी बिरामीलाई सेवा प्रवाह गरिरहेको डा.बसौलाले बताउनुभयो ।
१०० बेडमा सञ्चालित अस्पतालमा जसमध्ये २८ बेड आइ.सि.यु. रहेको ४० जनरल वार्ड १० वटा क्याभिन इमर्जेन्सी २० बेड मध्ये कोभिडाई छुट्टै राखेर उपचार गरिने साथै डेंगीलाई जनरल वार्डमा गरिने गरेकोमा सरुवा रोगको एकमात्र अस्पतालको रुपमा सेवा प्रबाह गरिरहेकोमा भौतिक संरचना पुरानो रहेकाले कुनै महामारी आउदां ठुलो जोखिम लिनुपर्ने चुनौती रहेको बुझिएको छ ।
९० बर्षको इतिहाँस बोकेको अस्पतालको पुरानो भौतिक संरचना,निश्चित जनशक्ती आदि कारण र प्रदेश संरचना अन्तर्गत ५० शैयाको अस्पताल बनाउने सरकारको लक्ष्य धिमा गतिमा रहनु र सेवा प्रवाह नगरिनुले नागरिकहरुले समस्या भोग्नु परेको नागरिकहरुको गुनासो रहेको छ ।
३०० शैयाको अस्पताल बनाउने योजना रहेपनि सरकारले क्रमाागत बजेट ब्यबस्थापन गर्न नसक्दा उक्त योजना अगाडी बढ्न सकेको छैन ।
रेबिज,सर्पदंशा,घरपालुवा तथा जंगली जनावरको टोकाई एबं सरुवा रोग बिरुद्ध जनचेतनाको कार्यक्रम सञ्चालन गरिएको भएपनि समयमा अस्पताल नआएर अन्तिम चरणमा अस्पताल आइपुगेका कारण उपचार पुर्याउन नसकिने समस्या रहेकाले तुरुन्तै अस्पाताल आउन निर्देशक डा.बसौलाले आग्रह गर्नुभएको छ ।
संघीय संरचना अन्तर्गत सेपा प्रवाह गरिरहेको अस्पतालले जुनसुकै बिरामी आएपनि उपचार दिन,रेफरगर्दा अर्को अस्पताल सम्म निःशुल्क एम्बुलेन्स सेवा दिने गरेको, पैसा नभएर आइ.सि.यु.मा रहेका बिपन्न नागरिकहरुलाई लाखौं रुपैया छुट गराउदैं आएको, राज्यले तोकेको ९८ प्रकारका औषधि निशुल्क प्रदान गर्दै आएको, जनरल बेड अन्र्तगत ६० बेडमा खाना सहित निशुल्क सेवा प्रवाह गरेको र अन्य अस्पतालमा लादाँ एम्बुलेन्स निशुल्क सेवा प्रबाह गर्दै आइरहेको डा. बसौलेले बताउनु भयो ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]