देश पोष्ट /खोटाङ । राष्ट्रिय दलित पत्रकार सङ्घ खोटाङ शाखाको मङ्गलबार सम्पन्न दोस्रो जिल्ला अधिवेशनले सविना अछामेको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कार्यसमिति सर्बसम्मत चयन भएको छ ।
जिल्ला कार्यसमितिको उपाध्यक्षमा लेख रम्तेल, सचिवमा विष्णु उपरकोटी, सहसचिवमा ज्ञानेन्द्र विश्वकर्मा र कोषाध्यक्षमा सन्तोष विश्वकर्मा चयन हुनुभएको छ । सदस्यहरुमा प्रमिला परियार, अजय गदाल, कोशन रोक्का, जुनु परियार, दुर्गा विश्वकर्मा र मनिष परियार चयन हुनुभएको छ ।
दिक्तेलस्थित जिल्ला समन्वय समिति खोटाङको सभाहलमा सम्पन्न अधिवेशनले सर्मिला विश्वकर्मा, गङ्गाबहादुर विश्वकर्मा, मिलन चाहार, पर्शुराम विश्वकर्मा र राजन ठटाललाई सल्लाहकार समितिमा राखेको छ । नवनिर्वाचित कार्यसमितिलाई राष्ट्रिय दलित पत्रकार सङ्घ कोशी प्रदेश समितिका उपाध्यक्ष गङ्गाबहादुर विश्वकर्माले पद तथा गोपणीयताको शपथ ग्रहण गराउनुभएको छ ।
सङ्घले अधिवेशन उद्घाटन कार्यक्रमको अवसर पारेर जिल्लामा क्रियाशील दुईजना पत्रकारलाई पुरस्कृतसमेत गरेको छ । सङ्घले खोटाङ टुडे डटकमका पत्रकार कृष्णकला राई र इफोकस डटकमका पत्रकार राजन ठटाललाई जनही नगर रु दुई हजार ५०० सहित पुरस्कृत गरेको हो ।
अधिवेशन उद्घाटन कार्यक्रमका वक्ताहरुले शुभकामना दिँदै जिल्लामा क्रियाशील सबै पत्रकारहरुसँगै सहकार्य गरेर अगाडि बढ्न सुझाव दिएका छन् ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]