देश पोष्ट /काठमाण्डौं । प्रधानमन्त्री के.पी.शर्मा ओली संयुक्त राष्ट्र संघको ७९ औं महासभामा भाग लिन अमेरिका जानु अघि आज बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यसूची रहेको छ ।
संघीय संसद् भवनमा दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले यही असोज ४ गतेदेखि गर्न लागेको अमेरिका भ्रमणको कार्यसूची सदनलाई जानकारी गराउनुहुनेछ ।
केही समय देखी माओवादी केन्द्रले सदनको अवरोध जारी राखेकाले आज पनि संसद अवरोध राख्ने निर्णय गरेको छ । गत भदौ १२ गते नेकपा (एमाले)का सांसद योगेश भट्टराईले सदननमा बोल्ने क्रममा माओवादीले सञ्चालन गरेको ‘जनयुद्ध’लाई ‘हिंसा’को संज्ञा दिएपछी निरन्तर संसद अवरोध भएको छ ।
माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले ध्यानाकर्षण भएको भन्दै संसद्को अभिलेखबाट हटाउन माग गरेका थिए । सभामुख देवराज घिमिरेले ‘असंसदीय’ नरहेको रूलिङगरेपछि माओवादी केन्द्रले सदनको कामकारबाही अघि बढ्न दिएको छैन । आइतबार बिहान सभामुख घिमिरेले प्रमुख सचेतक, सचेतकहरूसँग छलफल गरेका थिए। त्यो बैठकमा भएको कुराकानी पार्टी संसदीय दलमा छलफल गर्ने भन्दै एक घन्टा समय मागेको थियो ।
माओवादी केन्द्रको सोमबार बसेको संसदीय दलको बैठकले सदनको अवरोध कायमै राख्ने निर्णय गरेकाले आजको बैठक के हुने भन्ने अन्योल कायमै छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]