देश पोष्ट /काठमाण्डौं । आज मिति २–असोज २०८१ बुधवार १८–सेप्टेम्बर २०२४ पूर्वको साक्षत् माता पाथिभराको दर्शन गरी तपाइको राशिफल हेर्नुहोस् ।
मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
व्यवसायमा लगानी बढाउने समय छ । खर्च लागे पनि यात्रा गर्ने अवसर जुट्न सक्छ । कम प्रतिफलमा चित्त बुझाउनुपर्ने परिस्थिति रहला । प्रयत्न गर्दा ऋणमोचन हुनेछ । खोजी गर्दा आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन् ।
वृष
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
आम्दानीका स्रोत फेला पर्नेछन् । श्रमको उचित मूल्यांकन हुनेछ । पढाइमा ध्यान केन्द्रित हुनेछ । प्रगति हुनेछ । नतिजाले उत्साह जगाउनेछ । थोरै लगानीबाट पनि नाफा उठाउन सकिनेछ । छोटो समयमै काम बनाउन सकिनेछ । नयाँ कामतर्फ अग्रसर भइनेछ । दैनिकीमा पनि परिवर्तन आउन सक्छ ।
मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, ह
कामले चर्चामा ल्याउन सक्छ । सहयोग जुट्नाले सजिलै लक्ष्य प्राप्ति हुनेछ । पुरानो मित्रताले प्रेमको मार्ग अवलम्बन गर्न सक्छ । विभिन्न अवसरले पछ्याउनेछन् । दिगो काममा जग बसाउने मौका छ । थलिएको काम व्यवसायमा रूपान्तरित हुनेछ । कार्यसिद्धिको समय छ । दाम दिलाउनेछ ।
कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
समय, धन र बुद्धि खर्चनुपर्ला । लगनशीलताले उपलब्धिको स्रोत प्राप्त हुनेछ । काम पूरा नभए पनि लाभ उठाउन सकिनेछ । कामलाई निरन्तरता दिनुहोला । प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनेछन् । परोपकारी तथा सेवामूलक काम गर्ने समय छ । बुद्धिको उपयोगले मनग्य धन आर्जन हुनेछ ।
सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
चुनौतीको समय रहेको हुँदा अलि सजग रहनुपर्ला । सामान्य कामका लागि दौडधुप गर्नुपर्नेछ । तत्काल फाइदा नहुने काममा जुट्नुपर्ला । स्वास्थ्यमा कमजोरी अनुभूति हुन सक्छ । खानपान र आहारविहारमा ध्यान पुर्याउनुहोला । केही उपलब्धिको स्रोत भने पहिल्याउन सकिनेछ । आँटेको काम बन्न सक्छ । पछिका लागि काम गर्ने समय छ ।
कन्या
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
व्यक्तित्व र कामले चर्चित भइनेछ । विशेष उपहार प्राप्त हुन सक्छ । घुमफिर तथा मनोरञ्जनको समय छ । जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ । व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुनेछ । प्रेमको बन्धन कसिलो हुनेछ । सत्कार तथा सम्मान प्राप्त हुनेछ । दिगो फाइदा हुने काम थालनी हुनेछ ।
तुला
र, रि, रु, रे, रो, ता, ति, तु, ते
किनारा लाग्नेछन् र प्रतिस्पर्धामा विजयी भइनेछ । स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ । आर्थिक लाभ हुने नयाँ योजना शुभारम्भ गर्ने समय छ । द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन् । चुनौती पन्छाएर पनि काम बनाउन सकिनेछ । पुरुषार्थ देखाएरै समाजमा स्थापित बन्न सकिनेछ ।
वृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
बौद्धिक क्षेत्र फराकिलो बन्नेछ । विशेष अवसर प्राप्त हुनेछ । सहपाठीहरूलाई उछिन्दै पुरस्कार, प्रशंसा आदि प्राप्त गर्न सकिनेछ । व्यापारमा फाइदा हुनेछ । पशुपालन र कृषिमा लाभ मिल्नेछ । सन्तान र अनुयायीको साथले उत्साह जगाउनेछ । विशेष अवसर प्राप्त हुनेछ । समयमै काम सम्पादन हुनेछ ।
धनु
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् । तत्काल प्रतिफल हातलागी नहुन सक्छ । पहिलेका सम्झौता तोड्नुपर्ने परिस्थिति आउन सक्छ । अरूको भरपर्दा काम बिग्रन सक्छ । मान्यजनको सहयोगले तत्कालको अन्योल भने टर्न सक्छ । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला । अवसरलाई पछ्याउन नसक्दा व्यवहारमा पछि परिनेछ ।
मकर
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ । दाजुभाइमा आत्मीयता बढ्नेछ । मित्रताको बन्धनसमेत कसिनेछ । लगानी गर्दा व्यवसायमा मनग्य धनलाभ हुनेछ । मिहिनेत गर्दा फाइदा उठाउन सकिनेछ । पहिलेको उपलब्धिले पनि उत्साह जगाउनेछ । प्रतिस्पर्धीहरूले समेत सहयोगका हात फैलाउनेछन् ।
कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, द
अभिव्यक्ति कलालाई निखार्ने अवसर जुट्नेछ । चिताएको काम सम्पादन हुनेछ । पहिलेका कमजोरीलाई सुधार्ने मौका छ । सम्मानित स्थान दिलाउनेछ । मान–सम्मान प्राप्त हुनेछ । सम्पादित कामबाट धन लाभ हुनेछ । दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ । इनाम प्राप्त हुनेछ ।
मीन
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
जमघटमा सहभागी बन्ने अवसर जुट्नेछ । परिणामले आत्मविश्वास बढाउनेछ । विशेष अवसरले प्रसन्नता दिलाउनेछ । सहयोगीहरूको साथले काममा उत्साह जगाउनेछ । विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ । आकर्षक उपहार प्राप्त हुन सक्छ । रमाइलो जमघटको आनन्द प्राप्त हुनेछ । कामको अवसर प्राप्त हुनाले हौसला जाग्नेछ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]