देश पोष्ट /काठमाण्डौं । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको हत्या प्रयासमा संलग्न भएको आरोपमा पक्राउ परेका एकजनालाई सङ्घीय बन्दुक अपराधको अभियोग लगाइएको छ ।
पूर्वराष्ट्रपति ट्रम्पलाई हिजो फ्लोरिडामा गोली हान्ने असफल प्रयासपछि ५८ वर्षीय रेयान वेस्ले राउथ पक्राउ परेका थिए । पछिल्लो समयमा उनले ट्रम्पकोबारेमा आलोचनात्म टिप्पणीसमेत लेख्दै आएका रेयान वेस्ले राउथलाई पक्राउ गरिएको बीबीसीले जनाएको छ ।
उनलाई ट्रम्पको हत्या गर्ने योजना बनाएको आशङ्कामा पक्राउ गरेर शुरुमा बन्दुक अपराधको अभियोग लगाएपनि अदालतमा थप आरोपहरुका साथ मुद्दा दर्ता गर्ने तयारी रहेको बीबीसीले जनाएको छ ।
अदालतको संक्षिप्त सुनुवाइका क्रममा हिजो राउथले न्यायाधीशका प्रश्नमा अपराध स्वीकार गरिसकेका छन् ।
भौतिक संरचना निर्माण क्षेत्रमा कार्यरत रहेका उनले नियमित रूपमा सामाजिक सञ्जालमा राजनीति र वर्तमान घटनाका बारेमा लेख्ने गरेका पाइएको अमेरिकी सञ्चार माध्यमले जनाएका छन् ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]