देश पोष्ट /काठमाडौं । प्रधानमन्त्री एबं नेकपा एमालेका अध्यक्ष के.पी. शर्मा ओलीको हत्या गर्न आफु तयार भएको नेपाली कांग्रेसका बागमती प्रदेशका सांसद नरोत्तम वैद्यले बताएकाछन् ।
बाग्मती प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि छलफल क्रममा शुक्रबार भाग लिँदै कांग्रेस सांसद वैद्यले ओलीको हत्याका लागि आफू नाथुराम गोड्से बन्न तयार रहेको अभिब्यक्ती दिएकाछन् ।
प्रधानमन्त्री माथी सार्बजनिक स्थलमा यस्तो किसिमको अभिब्यक्ती दिनुले सर्बत्र चर्चाको बिषय बनेको छ भने वैद्यलाई तुरुन्त पक्राउ गरी आवश्यक कारबाही थाल्नसमेत देशव्यापी माग भएको छ । वैद्यले महात्मा गान्धीको उदाहारण दिँदै केपी ओलीका लागि आफू नाथुराम गोट्से बन्न तयार रहेको अभिव्यक्ति दिएका हुन् ।
वैद्यले मुनुचिया भन्ने देशको उदाहारण प्रस्तुत गरेर कोही नाथुराम गोड्से बन्न तयार नभए आफू बन्न तयार रहेको बताएका हुन् ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]