देश पोष्ट /काठमाडौं । नेकपा एमालेमा नेता योगेश भट्टराईको नजिक भनिएका गणेश पहाडी प्रधानमन्त्री के.पी. ओली सरकारको मन्त्रीमण्डलमा मन्त्री बन्ने पक्का भएको छ ।
नेकपा एमालेको लामो समय देखीको आनतरिक बिबादमा माधवकुमार नेपाल पक्षमा रहँदै आएका गणेश पहाडी मन्त्री बन्ने भएको श्रोतको दाबी रहेको छ ।
प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार फोन गरेर मन्त्री बन्न प्रस्ताव गर्नु भएको र उक्त कुरा पहाडीले स्वीकार गर्नु भएको हो । पहाडीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिनेगरी सहमती भएको जानकारी प्राप्त भएको छ ।
पार्टी २ जेठ २०७५ मा फर्किनुपर्छ भन्ने मत राख्दै आएको र अध्यक्ष ओलीको पछिल्लो वक्तव्यमा त्यसलाई स्वीकार गरेकाले मन्त्री बन्न तयार भएको पहाडीको भनाई रहेको छ ।
प्रतिनिधिसभा विघटन खारेज गर्न र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वोच्च अदालतमा परेको रिटमा समेत हस्ताक्षर नगर्नुभएका पहाडी सिन्धुलीबाट निर्वाचित माधव नेपाल समूहभित्र पनि योगेश भट्टराई निकट मानिन्छन् ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]