देश पोष्ट/ खोटाङ । पत्रकारको हितमा आपतकालिन सहायता कोष निर्माणमा लागेको नेपाल पत्रकार महासंघ खोटाङ शाखाले कोभिड–१९ बाट संक्रमित पत्रकारलाई आपकालिन राहत प्रदानको शुरुवात गरेको छ ।
महामारी वा प्राकृतिक एबं भैपरी आउने आपतकालिन समस्याको थोरै भएपनि महासंघको सदस्यहरुलाई थोरै भएपनि राहत महशुस गराउने उद्वेश्यले शुरु गरेको पत्रकार आपतकालिन कोष मार्फत जिल्लामा समाचार संकलनका दौरानमा कोरोना संक्रमण भएर संक्रमण जितेकी पत्रकार सबिना अछामेलाई घरैमा पुगेर नगद ५ हजार, मास्क र सेनीटाइजर प्रदान गरिएको महासंघका अध्यक्ष दिलीप खत्रीको भनाई रहेको छ ।
महासंघको सोमबारको बैठकले कोभिड–१९ बाट संक्रमित भएका पत्रकार अछामेसहित महासंघकै उपाध्यक्ष टिवन राई, सचिव लोकमणी रिजाल र रेडियो खोटाङका पत्रकार खिलन राईलाई जनही पाँच हजार आर्थिक सहयोग गर्ने निर्णय गरेको थियो ।
पत्रकार महासंघले स्थापना गरेको पत्रकार आपतकालीन सहायता कोषमा १७ दिनमै ९ लाख रकम जम्मा भइसकेको छ । महासंघको गत जेठ ९ गतेको बैठकले जिल्लामा क्रियासिल पत्रकारको हितमा उपयोग गर्नेगरी पत्रकार सहायता कोष स्थापना गर्ने निर्णय गरेको थियो ।
पत्रकारिताका क्षेत्रमा क्रियाशील रहेको अवस्थामा कुनै दुर्घटनामा गम्भीर भई अस्पताल लैजानु परेमा, अंगभंग भएमा वा जटिल किसिमको रोगको उपचार गर्नु परेमा, दुर्घटनाका कारण नीजको मृत्यु भएमा, बाढीपहिरोले घरमा क्षति पुगेमा आर्थिक सहयोग गर्नेगरी महासंघले सहायता कोष स्थापना गरेको हो ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]