देश पोष्ट /काठमाडौं । कोर भाइरस कोभिड १९ को संक्रमण निको भएपनि स्वास्थ्यमा पोष्ट कोरोनाको बिभिन्न समस्या देखिने भएकाले नआत्तिन तर सतर्क रहन श्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुरोध गरेको छ ।
कोभिड–१९ संक्रमणमुक्त भइसकेपछि पनि शरीर गल्ने वा थकान भए जस्तो महसुस हुने तर त्यसमा आत्तिएर अस्पताल गइहाल्नु नपर्ने मन्त्रालयको भनाइ छ ।
मन्त्रालयका अनुसार सास फेर्न धेरै गाह्रो हुने, धेरै नै थकाई लाग्ने र धेरै कमजोरी महसुस हुने, निद्रा नलाग्ने, झर्को लाग्नेजस्ता डिप्रेसनका लक्षणहरु जस्तो देखा पर्न सक्छ ।
एकाएक रक्तचाप बढ़ने वा घट्ने, थोरै समय हिँड्दा पनि स्वाँ–स्वाँ हुने, कालो ढुुसीका लक्षणहरु देखिन सक्ने भन्दै स्वास्थ्य मन्त्रालयले यस्ता लक्षण देखिए नआत्तिन तर सतर्क रहन आग्रह गरेको छ ।
माथी उल्लेख गरिएजस्ता पोष्ट कोभिडका समस्याहरु देखा परेमा चिकित्सकसँग सल्लाह गरेर अस्पतालमा सम्पर्क राख्न समेत मन्त्रालयको आम नागरिकमा अपिल रहेको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]