देश पोष्ट/ खोटाङ । जिल्लाका ६२ वर्षदेखि ६४ वर्ष उमेर समुहका ज्येष्ठ नागरिकलाई यही २७ र २८ गते कोभिड–१९ बिरुद्धको भेरोशिल खोप दिइने भएको छ ।
हिजो बसेको जिल्ला कोभिड संकट ब्यबस्थापन समितीको बैठकले चिनबाट अनुदान स्वरुप प्राप्त भएको भेरोशिल खोपको पहिलो डोज दिने निर्णय गरेको हो । ६२ देखि ६४ वर्ष उमेर समुहका सँगै यसअघिको खोप अभियानमा पहिलो डोज लगाउन छुटेका ६५ वर्षभन्दा माथिका जेष्ठ नागरिकलाई पनि खोप दिने निर्णय भएको स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुन्यप्रसाद सिग्देलको भनाई रहेको छ ।
उपलब्धताको आधारमा पहिलो डोज लगाउन छुटेका ६५ वर्षभन्दा माथिका जेष्ठ नागरिकलाई खोप दिने निर्णय गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
हालसम्म जिल्लाका ११ हजार ३६० जनालाई पहिलो मात्राको खोप र १ हजार ७१२ जनाले दोश्रो खोपको मात्रा लगाइसकेका छन् ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]