देश पोष्ट /काठमाडौँ । ६० देखि ६४ वर्ष उमेरकालाई कोरोना भाइरस कोभिड १९ विरुद्धको खोप आजदेखि देशभर दुई दिनको लागि सञ्चालन हुदैंछ ।
चीनबाट अनुदान प्राप्त भेरोसिल खोप उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरमा ६० देखि ६४ र उपत्यकाबाहिरको हकमा ६२ देखि ६४ वर्ष उमेर समूहका मानिसलाई पहिलो मात्रा लगाउन लागिएको श्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
सुरुमा ६० देखि ६५ वर्ष उमेरका सबैलाई खोप लगाउने भनिएकामा संख्या बढ्न सक्ने भएर उपत्यकामा ६० देखि ६४ र बाहिर ६२ देखि ६४ वर्ष उमेर छनोट गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
खोप लगाउन खोप केन्द्रमा जाँदा उमेर खुलेको फोटो भएको सरकारी कागज वा सम्बन्धित वडाको सिफारिस लिएर जानुपर्ने बताइएको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]