देश पोष्ट /काठमाडौं । कोरोना भाइरस कोभिड १९ का का कारण गौतम बुद्ध अन्तर्राष्ट्रिय कार्डियाक अस्पतालका सञ्चालक तथा निर्देशक मुटु रोग विशेषज्ञ डा. विकास सुवेदीको निधन भएको छ ।
संक्रमण पुष्टिपछि गौतम वुद्ध अन्तर्राष्ट्रिय कार्डियाक अस्पतालमै उपचार भइरहे पनि अवस्था जटिल बनेपछि थप उपचारका लागि १४ दिनअघि ह्याम्स अस्पताल लगिएको थियो ।
ह्याम्समा चार दिनदेखि भेन्टिलेटरमा उपचार भइरहेको ४२ वर्षे डा. सुवेदीको ह्याम्स अस्पतालमा उपचारका क्रममा आइतबार राति ११ः५७ मा निधन भएको अस्पताल श्रोतले जनाएको छ ।
डा. सुवेदी कोटेश्वरस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय कार्डियाक अस्पतालका सञ्चालक तथा निर्देशक थिए । अस्पतालका व्यवस्थापक डा. अमृत भुषालका अनुसार डा. सुवेदीमा २५ दिनअघि कोभिड–१९ संक्रमण पुष्टि भएको थियो ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]