देश पोष्ट /काठमाण्डौं । प्रदेश नं. १ को सामाजिक विकास मन्त्री उषाकला राईले लामो समय देखी उठाई रहनु भएको नेपाली घरेलु मदिरा (कोदोको रक्सी) ‘ ब्यान्ड भर्सेस ब्रान्ड’ को सम्भाव्यता अध्ययनका लागि कार्यदल गठन भएको छ ।
नेपालका पहाडी जिल्लाहरुको मूख्य बाली कोदोलाई घरेलु रक्सी उत्पादन गरी बिशेष गरी महिला हरुले रोजगारी सिर्जना गरिरहेको तर राज्य सरकारको घरेलु रक्सी उत्पादन एबं. बिक्री बितरण निती नभएकोले प्रहरीहरुले बेलाबेला रक्सी घोप्ट्याका घटनाहरु बाहिरिने गरेका छन् ।
स्थानिय स्तरमा उत्पादन हुने कोदो बाट निर्मित घरेलु रक्सीलाई प्रर्बद्यन गरी ब्राण्ड बनाउन सक्ने हो भने श्रम,रोजगारको ब्यबस्था गर्न सकिने,खेतीयोग्य बाँझो जमिनहरुको उपयोग हुने, मुलुकको आयश्रोतमा बृृद्दी हुने भएकोले ब्याण्ड भर्सेज ब्रााण्डको अबधारणा अगाडी बढाइएको समाजिक विकास मन्त्री राईले बताउनु भएको छ ।
कार्यदल निर्माणका क्रममा मन्त्री राईले भन्नु भयो “सामाजिक विकास मन्त्रालयको काम जनहितमा हुनुपर्छ ,ब्याण्ड भर्सेज ब्राण्ड भन्नाले कोदोको रक्सी उत्पादन गरेर टन्न खाउ, मात, अनी सामाजिक हिंसा मच्याउ भनेको होइन । घरेलु कोदोको रक्सी उत्पादन गरी गरिब दुःखी किसानहरुको रोजीरोटीलाई ठुलो मासमा रोजगारी सिर्जना गरी खेतीयोग्य बाँझो जग्गाहरुको उपभोग गर्ने, विश्व बजारमा यहाँको उत्पादन बेचेर पैसा कमाउ भनेको हो” ।
निती निर्माणको क्रममा हाल नेपालमा खुल्ला रुपमा रक्सीको बेचबिखन,सुर्ती जन्य बस्तुको बिक्री एबं सो को उपभोग समेतलाई ब्यबस्थीत गर्न ऐन बनाउने र सोको प्रभाबकारी कार्यान्वयनको ब्यबस्था गरी समुन्नत समाजको निर्माण गर्न आफु लागि परेको मन्त्री राईको भनाई रहेको छ ।
नेपालमा बर्षेनी २ खर्ब भन्दा बढीको बिदेशी रक्सी आयात हुने तर स्वदेशमा उत्पादन हुने घरेलु कोदोको रक्सीलाई ब्याण्ड गर्दा किसानहरुलाई मार पर्ने भएकोले उक्त कुरालाई ब्राण्ड बनाउने निती निर्माण गर्न सकिएको खण्डमा ठुलो मात्रामा आम्दानीको श्रोतको ब्यबस्था हुने भएकाले सो को सम्भाब्यता अध्ययनको लागि प्रदेश नं.१ योजना आयोगका सदस्य पूर्णकुमार लोक्सामको संयोजकत्वमा कार्यदल गठन गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
४५ दिन भित्रमा मन्त्रालयमा प्रतिवेदन पेस गर्ने जिम्मेवारी पाएको कार्यदलको सदस्यहरूमा प्रदेश योजना आयोग सदस्य मिना भण्डारी, मुख्यमन्त्री शेरधन राईका आर्थिक सल्लाहकार महेन्द्रबहादुर गुरुङ, स्नातकोत्तर क्याम्पस विराटनगरका सहप्राध्यापक डिल्लीकुमार प्रसाईँ, प्रदेश कृषि निर्देशनालयका प्रमुख प्रकाश डाँगी, सामाजिक विकास मन्त्रालयका उपसचिव अम्बिकाप्रसाद चौलागाई, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव कमलकुमार थापा, प्रदेश योजना आयोगका अधिकृत राकेश निरौला, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सहायक वनस्पति अधिकृत राजेश तामाङ रहेका छन् । कार्यदलको सदस्य सचिवमा सामाजिक विकास मन्त्रालयका कानुन अधिकृत निर्मल भट्टराई रहेका छन् ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]