देशपोष्ट/काठमाण्डौं । प्रधानमन्त्री एवं नेकपा(एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमालेको नयाँ केन्द्रिय कार्यालयको उद्घाटन गरेका छन् । एमाले मुख्यालय हाल धुम्बाराहीमा रहेकोमा आजबाट थापाथलीबाट औपचारिक सञ्चालन हुने भएको हो । लेनिन जयन्ती तथा नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसर पारेर प्रधानमन्त्री ओलीले थापाथलीको नयाँ कार्यालय उद्घाटन गरेका हुन ।
पुरानो मुख्यालय रहेको मदननगरमा नयाँ भवनको शिलान्यास गरि थापाथालीको नयाँ कार्यालय आएका थिए । नयाँ कार्यालयमा प्रधानमन्त्री केहिबेर बसेर फर्किएको बताइएको छ ।
बल्खुस्थित कार्यालय २०७२ को भूकम्पमा क्षतिग्रस्त बनाएपछि एमालेले धुम्बाराहीबाट पार्टी कार्यालय सन्चालन गर्दै आएको थियो । बल्खुमा नयाँ भवन तयार नहुन्जेल एमालेको केन्द्रीय कार्यालय थापाथलीबाट सन्चालन गर्ने नेकपा एमालेले जनाएको छ । अढाइतल्ले रहेको उक्त भवनमा १३ वटा कोठा रहेका छन् ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]