देशपोष्ट/काठमाण्डौं । दोलखामा योद्धा गाडी दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ ।
सोमबार राति ११ बजेतिर बिगु गाउँपालिका–४ सिंगटीमा अनियन्त्रित भएर गाडी दुर्घटना हुँदा अरु १८ जना घाइते भएको प्रहरी निरीक्षक अञ्जन कोइरालाले जानकारी दिएका छन् ।
घाइते मध्ये १० महिनाको शिशु र अरु दुईजना सामान्य उपचारपछि घर फर्किएका छन् । एकजनाको चरिकोट र अरु १४ जनालाई थप उपचारका लागि काठमाडौँ पठाइएको प्रहरी निरीक्षक कोइरालाले जनाएका छन् ।
घाइते मध्ये पाँचजनाको अवस्था गम्भीर र अरु ९ जनाको अवस्था मध्यम रहेको छ ।
सिंगटीबाट लादुकका लागि छुटेको प्रदेश ०१–०२३ च ७५८० नम्बरको गाडी दुर्घटना हुँदा बिगु–३ का ३५ वर्षीय विनोद केसी, ४५ वर्षकी अजिता खत्री, ५२ वर्षकी राधा खड्का र २४ वर्षकी चन्दिका थापाको मृत्यु भएको हो ।
उनीहरु सबै सिंगटी गाउँका रहेको प्रहरी निरीक्षक कोइरालाले जनाएका छन् । उनीहरुको शव अहिले चरिकोट अस्पतालमा छ ।
घटनास्थल सदरमुकाम चरिकोटबाट झण्डै ४३ किलोमिटर पर पर्छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]