देश पोष्ट /काठमाण्डौं । मोरङमा बाउ छोराको झगडा हुँदा बाउको मृत्यु भएको जानकारी प्राप्त भएको छ ।
जिल्लाको विराटनगर महानगरपालिका वडा नं.–८ मा बाबुछोराबीचको झगडामा बाउको मृत्यु भएको हो । झगडाको क्रममा बाबुलाई गाउँका ५४ वर्षीय विको सहनी मुखियाको मृत्यु भएको प्रहरीको भनाई रहेको छ ।
प्रहरीका अनुसार शनिबार राति बुबा छोराबीचको विवादका क्रममा छोरा रविले धकेल्दा मुखिया लडेका थिए, र उनको घाटीमा बासको भाटाले छेडेको थियो ।
गम्भीर घाइते भएका विकोको उपचारका क्रममा कोसी अस्पताल विराटनगरमा राति ११ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक मानबहादुर राईले जानकारी दिनु भएको छ ।
घटनापछि २५ वर्षीय रवि फरार छन् । शनिबार राति नै फरार भएका रविको खोजी भइरहेको प्रहरीले जनाएको छ । विकोका तीन छोरा र एक श्रीमती छन् ।
घटना पछाडी प्रहरीले सोधपुछका लागि मृतकका जेठा र कान्छा छोरालाई नियन्त्रणमा लिएको छ । फरार रहेका माइला छोरा रविको खोजी भइरहेको प्रहरी नायव उपरीक्षक राईले जानकारी दिनुभएको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]