देशपोष्ट/काठमाण्डौं । इन्डियन प्रिमियर लिग आइपीएलमा चेन्नेई सुपर किंग्स टिमका कप्तान महेन्द्रसिंह धोनीलाई जरिवाना लागेको छ ।
दिल्ली विरुद्धको खेलमा स्लो ओभर रेटमा धोनीलाई १२ लाख भारतीय रुपैयाँ जरिवाना लगाएको छ ।
शनिबार राति भएको खेलमा चेन्नेईले तोकेको समय भन्दा बढि समय लगाएर खेल सकेको थियो । जसका कारण उनले मोटो रकम जरिवाना तिर्नुपर्ने भएको छ ।
आइपीएलको नियम भन्दा बढि समयमा पारी सकेको भन्दै आयोजकले चेन्नेईका कप्तानलाई जरिवाना लगाएको बताएको छ ।
धोनीले खेलका बेला सिटका कारण पहिले ब्याटिङ गर्ने टिमलाई सजिलो नभएको बताएका थिए ।
उनले स्थानीय समय अनुसार साँढे सात बजेबाट हुनुपर्ने खेललाई आठ बजे गरेको खण्डमा उचित हुने र सित हटाउन पनि पर्याप्त समय हुने धारणा राखेका थिए ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]