• अन्तरर्वार्ता
  • साहित्य
  • स्थानीय तह
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ खबर
  • बैदेशिक रोजगार
  • खेलकुद
  • पर्यटन
  • फिचर
  • मनाेरञ्जन
  • Desh Post TV
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार/ब्लग
  • समाचार
  • प्रबिधि
  • स्वास्थ्य/शिक्षा
आज:  | Wed, 14, Apr, 2021
  • समाचार
  • अर्थ
  • स्वास्थ्य/शिक्षा
  • प्रबिधि
  • राजनीति
  • खेलकुद
  • विचार
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • स्थानीय तह
  • बैदेशिक रोजगार
होमपेज / Social News

मुख्यमन्त्री राईद्वारा खुवालुङको निरिक्ष,खुवालुङलाई पर्यटकिय गन्तब्य बनाइने ।

१८ चैत्र २०७७, बुधबार ०७:४७ मा प्रकाशित (2 हप्ता अघि) अनुमानित पढ्ने समय : १ मिनेट
देश पोस्ट
  • २८५ पटक पढिएको
  • देश पोष्ट/ विराटनगर । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले निकै चर्चामा रहेको सप्तकोसीको खुवालुङको निरिक्षण गर्नु भएको छ ।

    पछिल्लो समय सप्तकोसी नदीमा स्टिमर सञ्चालनमा अवरोध पु¥याएको भन्दै बिचमा रहेको ठुलो ढुंगा फुटाउने बिषयमा चर्चा भएको र उक्त ढुंगा किरात सभ्यताको खुवालुङ (पानी ढुङगा) रहेकोले उक्त आस्थालाई संरक्षण एबं प्रबद्र्दन गर्नु पर्ने आम किरात समुदायको माग बमोजिम प्रदेश नं. १ का मूख्यमन्त्री शेरधन राईले उक्त ढुंगाको निरिक्षण गर्नु भएको हो ।

    मंगलबार खुवालुङको निरीक्षणमा पुग्नु भएका प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले भने उक्त ढुंगालाई फुटाउने नभई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने बताउनु भएको छ ।

    खुवालुङ पुगेका किराँत समुदायका अगुवालाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले भन्नुभयो ‘खुवालुङको विषयमा सरकारका कुनै तहमा औपचारिकरुपमा छलफल नभएको र यसलाई फुटाउने , तोड्ने कुरा कतै नभएको कुरा यहाँ राख्न चाहान्छु,’ ‘‘हामीले यसको संरक्षण गर्नै पर्छ, हाम्रो प्रदेशको समृद्धिमा, यसलाई जोड्नै पर्छ र यस ठाउँलाई धार्मिक सांस्कृतिक पर्यटनको केन्द्रको रुपमा विकास गर्नै पर्छ, अब त्यतातर्फ ध्यान जानुपर्छ, छलफल त्यहाँ पुग्नुपर्छ ।’

    धनकुटा, भोजपुर र उदयपुर जिल्लाको सिमानामा रहेको तीन ठूला नदीहरू अरुण, तमोर र दूध कोसीको संगमस्थल त्रिवेणीलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नेतर्फ छलफल केन्द्रित हुनुपर्ने राईले बताउनु भयो ।

    ‘धार्मिक हिसाबले सांस्कृति हिसाबले अन्य हाम्रा सम्पदाहरु कति छन् ? त्यस्ता महत्वपूर्ण धरोहरहरु के के छन् ?’ उनले अघि भने, ‘त्यसको खोजी कार्य गर्दै संरक्षण गर्ने र प्रबर्धन गर्ने दिशामा अघि बढ्नुपर्छ ।’

    दैनिक एक सय हाराहारी खुवालुङ हेर्नका लागि पर्यटकहरु आउने गरेको पर्यटन व्यवसायी राजेन्द्र कार्कीले बताए ।

    मंगलबार प्राविधिक टोलीसहित पुग्नु भएका मुख्यमन्त्री राईले जलयातायात सञ्चालनका लागि ढुङ्गाभन्दा पश्चिम पट्टीको भागमा रहेको अवरोधलाई हटाउने बताउनुभयो । पूर्वतर्फ पनि सञ्चालन गर्न मिल्ने उहाँले बताउनुभयो ।

    खुवालुङको संरक्षण गर्दै चतरादेखि किमाथाङ्का र दोलालघाटसम्म जल यातायात विस्तार गर्ने योजना रहेको मूख्यमन्त्री राईको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सामाजिक विकास मन्त्रीको नयाँ बर्ष ज्येष्ठ नागरिक संग ।

    प्रधानमन्त्री ओलीद्वारा राष्ट्रका नाममा सम्बोधन

    कोभिड–१९ विरुद्धको लडाइँमा सकारात्मक सहयोग आवश्यक : उपप्रधानमन्त्री

    आज ०१ बैशाख २०७८ बुधबार, माता पाथिभराको दर्शन गरि दैनिक राशिफल हेर्नुहोसः

    मिडियामैत्री बजेट निर्माणमा सहजिकरण गर्ने मन्त्री राईको उद्घोष ।

    कोरोनाबाट तीन जनाको मृत्यु

    सर्वोच्चद्वारा अनलाइन सञ्चारमाध्यम नवीकरण नगरे रोक लगाउने व्यवस्था बदर

    सेनाको जिप दुर्घटना हुँदा ५ घाइते, २ को अवस्था गम्भिर

    ‘संविधानमा संसद् विघटनको व्यवस्था हिजो पनि राखेको थियो, अहिले पनि छ : प्रधानन्यायाधीश

    विप्लव समूह र प्रहरीबीच गोली हानाहान

    पार्टीले भन्दैमा अध्यादेश फिर्ता हुँदैनः ईश्वर पोखरेल

    पुर्व माओबादी नेताहरु जुनसुकै बेलापनि जेल जाने अवस्था आउँछः देव गुरुङ

    अदालतमा विचाराधिन मुद्दामा पुर्वन्यायधिशहरुले बोलेर गति छाडेको सुर्य थापाको आरोप

    पूर्वएमालेका १२१ मध्ये ८२ सांसद ओलीसँगै, नेता नेपाल ३९ सांसद लिएर प्रचण्डसँग (सूचीसहित)

    विप्लव नेकपाका नेता ओली नेतृत्वको नेकपामा प्रवेश

    दुई अध्यक्षको सहमतीमा माधव नेपालको आपत्ती

    समाचार

    प्रधानमन्त्री ओलीद्वारा राष्ट्रका नाममा सम्बोधन

    कोभिड–१९ विरुद्धको लडाइँमा सकारात्मक सहयोग आवश्यक : उपप्रधानमन्त्री

    प्रदेश–२ का प्रमुखद्वारा रासस निरीक्षण

    दुर्घटना

    गाडी दुर्घटना हुँदा ४ जनाको मृत्यु, १७ घाइते

    nekapa yemale

    माकुने र भिम रावललाई एमालेबाट निलम्बन,नेपालद्वारा ओली पार्टी बाट निलम्बन हो ? भन्ने प्रश्न ।

    सम्बन्धित खबरहरु

    प्रधानमन्त्री ओलीद्वारा राष्ट्रका नाममा सम्बोधन

    कोभिड–१९ विरुद्धको लडाइँमा सकारात्मक सहयोग आवश्यक : उपप्रधानमन्त्री

    प्रदेश–२ का प्रमुखद्वारा रासस निरीक्षण

    गाडी दुर्घटना हुँदा ४ जनाको मृत्यु, १७ घाइते

    खोटाङकि सांसद उषाकला राईलाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी

    ओलीलाई मोहोरा बनाइयो : प्रचण्ड

    सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
    संचालक तथा सम्पादक : लोकमणि रिजाल
    सह सम्पादक : प्रकाश पोखरेल
    सम्वाददाता: प्रदिप राई
    कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
    ग्राफिक डिजाईनर : ......
    सुर्यविनायक-१०, भक्तपुर, नेपाल
    मोबाईल नं ९८४२९०६६४२
    Email: postdesh@gmail.com

    सामाजिक संजालतिर

    आबश्यक लिंकहरु

    • Privacy Policy
    • Advertise with us
    • Contact us
    • About us
    2021: Desh Post मा सार्वाधिकार सुरक्षित छ. | Designed by: GOJI Solution
    ↑