देश पोष्ट /काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले रिपोर्टर्स क्लवको वार्षिकोत्सव कार्यक्रममा बोल्ने क्रममा आगामी आर्थिक वर्षबाट सामाजिक सुरक्षा भत्ता बढाउने घोषणा गर्नुभएको छ ।
मन्तब्यको क्रममा ओलीले भन्नुभयो ‘सामाजिक सुरक्षा भत्ता साउन १ गतेबाट बढ्छ । यो सुन्दा मान्छेहरूलाई अर्को छट्पटी शुरू होला । कसैलाई आपत्ति लाग्छ भने लागोस् । कसैलाई निद्रा लाग्दैन भने नलागोस् ।’
प्रधानमन्त्री ओलीले पार्टी मिलाइदिने काम अदालतको नभएको बताउनुभयो । अदालतले पार्टी मिलाउने काम गर्ने भए आफू पनि जनता समाजवादी पार्टी एमालेमा मिलाइपाउँ भन्ने मागसहितको निवेदन लिएर अदालत जाने भन्दै व्यंग्य गर्नुभयो ।
‘पार्टी किन फुटाइदिएको भन्ने निर्वाचन आयोगमा गएर थपक्क पार्टी एकता गर्न कसले रोक्या छ ? एउटै पार्टी गरिपाउँ ! अदालतले गरिदिने हो एउटा पार्टी ! पार्टी मिलाइदिने काम अदालतको हो ? म पनि महन्थजीको पार्टी मिलाइपाउँ भनेर निवेदन हाल्छु ।’ प्रधानमन्त्रीले भन्नुभयो, उहाँ र म नमिल्ने अनि अदालतमा गएर पार्टी मिलाइपाउँ भनेर निवेदन हाल्ने ?’
ओलीले अदालतमा गएर एमाले र माओवादी एक नहुने बताउनुभयो । उहाँले दाहाललाई मिल्ने बाटोमा नहिँडेको पनि बताउनुभयो । उहाँले भन्नुभयो, ‘मिल्ने बाटोमा हिँठड्नुस् न । डबलीको भाषा बोलेर एकताका डिङ हाँक्ने । बेकारका उल्टापाल्टा कुरा गर्ने ?
ओलीले प्रचण्डलाई आफ्नो उमेर र समयलाई ध्यान दिनसमेत आग्रह गनुृभयो । पहिलेको जस्तो ह्याकुलाले मिचेर हिँड्ने शैली त्याग्न उहाँले प्रचण्डलाई सुझाव दिनुभयो ।
उहाँले भन्नुभयो ‘अदालते नमागेको न्याय दियो भन्नुभएको छ । तपाईंले नमागेको थियो होला, ऋषि कट्टेलले त मागेको थियो नि त । अर्काको नाममा पार्टी दर्ता गरेर ह्याकुलाले मिच्न खोज्ने ?’ उहाँले भन्न्ुभयो, ‘उहाँहरूको मिच्ने बानी परेको क्या । जे गरे पनि हुने, विनाश गरे पनि हुने, लुटे पनि हुने, कुटे पनि हुने, काटे पनि हुने । जुरो हल्लाको छ, हिँडेको छ । बानी बिग्रेको ।’
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
संचालक तथा सम्पादक : लोकमणि रिजाल
सह सम्पादक : प्रकाश पोखरेल
सम्वाददाता: प्रदिप राई
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
ग्राफिक डिजाईनर : ......
सुर्यविनायक-१०, भक्तपुर, नेपाल
मोबाईल नं ९८४२९०६६४२
Email: postdesh@gmail.com