देश पोष्ट /काठमाण्डौं । गत फाल्गुण २३ पछी सर्बोच्च अदालतको फैसला पछी ब्युतिएको नेकपा एमालेको माधव नेपाल पक्षले एकपछी अर्को समानान्तर कमिटी गठन गरिरहेको छ ।
हिजो शनिबार उक्त पक्षले अर्घाखाँचीमा समानान्तर जिल्ला कमिटी गठन गरेको छ । नेकपा एमालेका तत्कालीन जिल्ला सचिव रामबहादुर चौहानको अध्यक्षतामा ७० सदस्यीय समानान्तर जिल्ला कमिटी गठन भएको जानकारी प्राप्त भएको छ ।
शनिबार बसेको नेपाल समूहको बैठकले यही चैत मसान्तभित्र पालिका, वार्ड र टोल तहका कमिटीहरु पुनर्गठन गर्ने, जनसंगठनका जिल्ला, पालिका, वार्ड र टोल तहका कमिटीहरु पुनर्गठन गर्ने निर्णयसमेत गरेको जनाएको छ ।
बैठकमा एमाले प्रदेश कमिटी सदस्य एवं पूर्व जिल्ला विकास समिति सभापति पिताम्बर भुसाल, संविधान सभा सदस्य डा.दुमन थापा, प्रदेश कमिटी सदस्य यमुना भुसाल, जिल्ला सचिवालय सदस्य सरोज भुसाललगायतले बोल्दै एमालेलाई विधि, प्रकृया र जनचाहाना अनुरुप अघि बढाउन समानान्तर कमिटी गठन गर्नुपरेको बताएका थिए ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]