देश पाेष्ट /काठमाण्डौ – विश्वकै सबैभन्दा धेरै वायु प्रदूषण काठमाण्डौमा देखिएको छ । विश्वभरका सहरको हावाको शुद्धता मापन गर्ने आइक्यू एअर डटकमका अनुसार काठमाण्डौको एक्यूआई अहिले ४२१ रहेको छ । हिजो काठमाण्डौमा एक्यूआई ४७० सम्म पुगेको थियो ।
हिजोको तुलनामा केही कम भएको देखिए पनि यो सुधार हुन अझै केही दिन लाग्ने वातावरण विभागले जनाएको छ ।
हावाको प्रदूषण मापन सूचक (एक्यूआई) दुई सयभन्दा माथि जानु स्वास्थ्यका लागि घातक मानिन्छ । ३ सयभन्दा माथि पुग्नुलाई अति हानिकारक मानिन्छ ।
नेपालमा धेरैजसो जिल्लाहरुमा डढेलो लागिरहेको र तत्काल पानी पर्ने सम्भावनासमेत नरहेकाले अबको केही दिनसम्म वायुमण्डल सुधार हुने सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाण्डौ उपत्यकाको भक्तपुर, कीर्तिपुर, भैंसेपाटी, सिमरालगायतका ठाउँको एक्यूआई हिजोदेखि तीन सय नाघेको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
संचालक तथा सम्पादक : लोकमणि रिजाल
सह सम्पादक : प्रकाश पोखरेल
सम्वाददाता: प्रदिप राई
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
ग्राफिक डिजाईनर : ......
सुर्यविनायक-१०, भक्तपुर, नेपाल
मोबाईल नं ९८४२९०६६४२
Email: postdesh@gmail.com