मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
सुखद् समाचारले उत्साह जगाउनेछ । तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ । बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ । आम्दानीका स्रोत बढ्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ । अध्ययनमा प्रगति हुनुका साथै ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ ।
वृष
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
अवसरले पछ्याए पनि फाइदा उठाउन चुनौतीहरूसँग जुध्नुपर्नेछ । आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् । अवसर प्राप्त भए पनि तत्काल प्रतिफल हातलागी नहुन सक्छ । पहिलेका सम्झौता तोड्नुपर्ने परिस्थिति आउन सक्छ । सहयोगीहरू पछि हट्नाले प्रतीक्षा गरिएको नतिजा कमजोर देखिनेछ ।
मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, ह
चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ । दाजुभाइमा आत्मीयता बढ्नेछ भने प्रेम र मित्रताको बन्धनसमेत कसिनेछ । लगानी गर्दा व्यवसायमा मनग्य धनलाभ हुनेछ । पहिलेको उपलब्धिले पनि उत्साह जगाउनेछ । प्रतिस्पर्धीहरूले समेत सहयोगका हात फैलाउनेछन् ।
कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
अध्ययनमा प्रगति हुनुका साथै बौद्धिक क्षमतामा निखारता आउनेछ । बोली र विचारका प्रशंसकहरू बढ्नेछन् । बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ । सहयोगीहरूले साथ दिनेछन् । तारिफयोग्य काम गर्दै सामाजिक लाभ उठाउन सकिनेछ ।
सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन् । रचनात्मक कामले फाइदा दिलाउनेछ । पहिलेको सफलताले थप हौसला जगाउनेछ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द लिने अवसर जुट्नेछ । बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । मनपर्ने वस्तु, उपहार प्राप्त हुनेछ ।
कन्या
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
समस्या पर्दा सहयोग गर्नेहरू कमै भेटिनेछन् । परिश्रमका तुलनामा प्रतिफल कम मात्र प्राप्त हुनेछ । खर्च, विवाद बढ्ने समय रहेकाले महत्त्वाकांक्षी योजनामा अघि नबढ्नुहोला । पाउमा चोटपटकको योग देखिएकाले सजग रहनुहोला । खर्चको जोहो गर्न आफ्नाबाटै टाढिनुपर्ने परिस्थिति आउन सक्छ ।
तुला
र, रि, रु, रे, रो, ता, ति, तु, ते
चिताएका काममा अलि बाधा हुनसक्छ । विगतका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ । तर समयमा सजग नहुँदा आफ्नो लाभांशबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन् । आम्दानी मनग्य भए पनि आकस्मिक खर्चले धन संग्रहमा बाधा पुग्नेछ ।
वृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
सामाजिक कार्यले हौसला प्रदान गर्नेछ । प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ । विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । पुरुषार्थी कामले समाजमा स्थापित बनाउनेछ । चुनौती पन्छाएर पनि नयाँ काममा जग बसाउने मौका छ । परिश्रम परे पनि समय फलदायी रहनेछ ।
धनु
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
सामुदायिक जिम्मेवारी वहन गर्ने समय छ । समुदायको हितमा राम्रै काम गर्न सकिनेछ । धार्मिक र सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ । रोकिएको कामले पनि निकास पाउनेछ । आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ । शक्तिको धाक देखाउनेहरू स्वतः निहुरिनेछन् ।
मकर
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
शारीरिक कमजोरीले चिन्ता बढाउन सक्छ । अरूका लागि समय, धन र बुद्धि खर्चनुपर्ला । बाध्यताले अलमल्याउन सक्छ । खर्च र चुनौतीको समय रहेको हुँदा अलि सजग रहनुपर्ला । कामको चाप बढ्नेछ भने समयमै गम्भीर नबन्दा नचिताएको समस्या देखिन सक्छ । आफ्नै कमजोरीले इष्टमित्र टाढिन सक्छन् ।
कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, द
दिन रमाइलो रहनेछ भने लगनशीलताले लक्ष्यमा पुर्याउनेछ । छोटो समयमा फाइदा उठाउन सकिनेछ । अध्ययनमा प्रगति हुनेछ र लेखनकलामा निखारता आउनेछ । उपहार र खानपानले दिन आनन्दमय रहनेछ । परिवारजनको साथले उत्साह जगाउनेछ । अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउने मौका छ । सेवामूलक कामले नाम र प्रतिष्ठा दिलाउनेछ ।
मीन
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
भौतिक साधनले काममा हौसला जगाउनेछ । साहसी काम गरेर प्रशस्त लाभ उठाउन सकिनेछ । नयाँ योजनातर्फ अग्रसर भइनेछ । नयाँ काम प्रारम्भ हुनेछ भने मिहिनेतले आयस्रोत सबल बनाउन सकिनेछ । व्यापारमा फाइदा हुनेछ । विगतका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ । प्रतिस्पर्धाको दौडमा अग्रस्थान हासिल हुनेछ । दिगो काम हातलागी हुने समय छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
संचालक तथा सम्पादक : लोकमणि रिजाल
सह सम्पादक : प्रकाश पोखरेल
सम्वाददाता: प्रदिप राई
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
ग्राफिक डिजाईनर : ......
सुर्यविनायक-१०, भक्तपुर, नेपाल
मोबाईल नं ९८४२९०६६४२
Email: postdesh@gmail.com