देशपाेष्ट/काठमाण्डाैं । नेकपा एमालेको पार्टी कार्यालय वैशाख १ देखि थापाथलीमा सर्ने भएको छ । थापाथली हाइटमा सेन्ट जेभियर्स कलेजनजिकैको भवनमा एमालेको पार्टी कार्यालय सर्न लागेको हो ।
उक्त भवनको बुधबार एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले निरीक्षण गरेका छन् ।
एमालेको बल्खुस्थित पार्टी कार्यालय २०७२ सालको भूकम्पले भत्किएपछि धुम्बाराहीस्थित पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठानको भवनमा कार्यालय सारिएको थियो ।
तर उक्त भवनमा डेढ वर्षको सम्झौता बाँकी छँदै थापाथलीमा कार्यालय सार्न लागिएको हो ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]