देशपाेष्ट/काठमाण्डाैं । अमेरिकाको कोलोराडो राज्यको बोल्डार राज्यमा एक व्यक्तिले अन्धाधुन्ध गोली प्रहार गर्दा प्रहरि अधिकारी सहित कम्तीमा १० जनाको मृत्यु भएको छ । बोल्डर शहरको एउटा सुपरमार्केटमा स्थानीय समय अनुसार सोमबार दिउँसो गोली भलेको अन्तराष्ट्रिय समाचार माध्यमहरुले जनाएका छन् । उक्त गोलीकाण्ड मच्चाउने संदिग्धलाई भने प्रहरीले पक्राउ गरेको छ ।
समाचार संस्था सीएनएनका अनुसार बोल्डर प्रहरी प्रमुख म्यारिस हेरोल्डले प्रहरी अधिकृत एरिक टेलीको पनि गोली लागि मृत्यु भएको छ । प्रहरीले उक्त घटनाको पछाडि कसको हात छ भन्नेबारे अनुसन्धान सुरु गरिएको बताएको छ ।
स्थानीय मिडियामा देखाइएको भिडियोमा प्रहरीले एक जना व्यक्तिलाई हतकडी लगाएर सुपरमार्केटबाट बाहिर लगिरहेको दृश्य देखिन्छ । प्रहरीले ती व्यक्तिलाई स्ट्रेचरमा राखेर एम्बुलेन्समा लगेको थियो । प्रहरीले हिरासतमा लिएको व्यक्ति तीनै भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । उक्त भिडियोमा ती व्यक्तिको खुट्टाबाट रगत बगिरहेको देखिन्छ ।
यसअघि मार्च १६ मा जर्जिया राज्यको एटलान्टास्थित ३ वटा स्पामा भएको गोलीकाण्डमा ६ जना एसियाली–अमेरिकी महिलासहित ८ जनाको मृत्यु भएको थियो ।
गत महिना मात्रै अमेरिकी राष्ट्रपति जो बाइडेनले संसद्मा हतियारसम्बन्धी कानुनमा सुधार गर्ने बताएका थिए ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]