देशपाेष्ट/काठमाण्डाैं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पूर्व मन्त्री नविन्द्रराज जोशीको परिवारले नेता जोशीको उपचारको लागि सरकारले दिने १० लाख रुपैँया नलिने घोषणा गरेका छन् । जोशीका सहयोगी पुष्कर पाण्डेका अनुसार परिवारले सरकारले दिने भनेको सहयोग नलिने घोषणा गरेको हो । नेता जोशी मष्तिस्कघात भएर उपचाररत छन् ।
सरकारले गएको बिहीबार मन्त्रिपरिषद्बाट निर्णय गरेर जोशीको उपचारका लागि १० लाख सहयोग गर्ने निर्णय गरेको थियो । तर, परिवारले भने सहयोग नलिने निर्णय गर्दै त्यो पैसाले विपन्न वर्गलाई स्वास्थ्य उपचार गर्न आग्रह गरेको हो ।
“सरकारले सहयाेग गर्याे, त्यसका लागि हामी धन्यवाद दिन चाहन्छौँ । हामीले उहाँको परिवारले त्यो सहयोग स्वीकार नगर्ने निर्णय गरेको कुरा जानकारी गराउन चाहन्छौँ,” पाण्डेले भिडियो सन्देशमार्फत भनेका छन्, “सरकारले दिने भनेको सहयोग विपन्न वर्गको उपचारमा लगाओस र विपन्न वर्गले उपचार अभावमा मृत्यु हुने अवस्थाको अन्त्य होस् भन्ने परिवारको चाहना हो ।”
उपचार अभावमा मानिसको मृत्यु हुने अवस्थाको अन्त्यका लागि पूर्वउद्योगमन्त्रीसमेत रहेका कांग्रेस केन्द्रीय सदस्य जोशीको अभियान भएकाले परिवारले त्यही अभियानलाई निरन्तरता दिएको हो । जोशीले आफ्ना पिता गजेन्द्रराज जोशीको नाममा गरिब, दुःखीको उपचारका लागि वीर अस्पतालमा १० लाख रुपैयाँको अक्षयकोषसमेत स्थापना गरेका छन् ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]