देशपाेष्ट/काठमाण्डाैं । नेकपा(एमाले)का केन्द्रिय सदस्य एवं प्रदेश एकका प्रदेश सभा सदस्य राजेन्द्र राईले साँसद पद गए पनि प्रतिगमनकारी सँग कुनै सम्झौता नहुने बताएका छन् ।
शनिबार बालुवाटारमा बसेको एमालेको केन्द्रिय कमिटीको बैठकले माधव नेपाल सहित नोपाल पक्षका चार जना नेताहरुलाई स्पष्टिकरण सोध्ने निर्णय गरेपछि नेता राईले उक्त टिप्पणी गरेका हुन् ।
उनले कारवाही भए पनि, सांसद पद नै गए पनि प्रतिगामीहरुसँग नझुक्ने बताएका छन्। प्रधानमन्त्री ओलीलाई प्रतिगामीको संज्ञा दिँदै उनले निरंकुशता र जनविरोधी दुष्कार्यसँग सम्झौता नगरिने उनले बताए।
‘कारवाही हुन्छ, जनप्रतिनिधि पद पनि जान सक्छ, आउने चुनाव नजितिएला तर पनि निरंकुशता, प्रतिगमन, जनविरोधी दुष्कार्यसँग कुनै सम्झौता हुने छैन’, उनले भने, ‘न्याय, समानता, समाजवादको आन्दोलन लामो र कठिन छ, त्यो राम्रोसँग थाहा छ।’
उनले प्रधानमन्त्री ओलीतिर संकेत गर्दै कम्युनिष्टभित्र प्रतिक्रान्तिकारी र गद्दारहरू जन्मिरहने बताएका छन्। ‘यो पनि थाहा छ, प्रतिगामी, प्रतिक्रान्तिकारी,गद्दार कम्युनिस्ट पार्टीभित्र जन्मिन सक्छ, इतिहासमा धेरै पटक जन्मिएका छन्’, उनले भने, ‘तर पनि जनताको आन्दोलन, कम्युनिस्ट आन्दोलन रोकिएको छैन र रोकिने पनि छैन।’
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]