• अन्तरर्वार्ता
  • साहित्य
  • स्थानीय तह
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ खबर
  • बैदेशिक रोजगार
  • खेलकुद
  • पर्यटन
  • फिचर
  • मनाेरञ्जन
  • Desh Post TV
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार/ब्लग
  • समाचार
  • प्रबिधि
  • स्वास्थ्य/शिक्षा
आज:  | Wed, 14, Apr, 2021
  • समाचार
  • अर्थ
  • स्वास्थ्य/शिक्षा
  • प्रबिधि
  • राजनीति
  • खेलकुद
  • विचार
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • स्थानीय तह
  • बैदेशिक रोजगार
होमपेज / साहित्य

आजदेखि गैँडाकोटमा फाइनप्रिन्ट फिभर

२८ फाल्गुन २०७७, शुक्रबार ०७:४३ मा प्रकाशित (1 महिना अघि) अनुमानित पढ्ने समय : ० मिनेट
देश पोस्ट
  • ४४ पटक पढिएको
  • पुस्तक प्रकाशक कम्पनी फाइनप्रिन्टको आयोजनामा आजदेखि नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकास्थित हर्कपुरमा फाइनप्रिन्ट फिभर शुरु हुँदैछ । हर्कपुरमा चौधरी फाउण्डेसनले सञ्चालन गरेको उन्नति कल्चरल भिलेजमा शुरु हुने कार्यक्रम दुई दिनसम्म चल्नेछ ।

    कार्यक्रममा फाइनप्रिन्टबाट २०७७ सालमा प्रकाशित कृतिका लेखकको उपस्थिति रहनेछ । साथै उनीहरूका रोचक एवं वौद्धिक विमर्शका सत्रहरू पनि सञ्चालन हुनेछन् । कार्यक्रममा उनीहरूले आफ्ना पुस्तकका विषयमा चर्चापरिचर्चा गर्नुका साथै पाठकसँग संवाद एवं अन्तक्र्रिया पनि गर्ने जनाइएको छ । कार्यक्रमका अवसरमा लेखकसँग पुस्तक हस्ताक्षरका कार्यक्रम हुनेछन् । विशेष छुटमा पुस्तक बिक्री तथा प्रदर्शनीका साथै अन्य रचनात्मक कार्यक्रम पनि गरिने फाउण्डेसनका महाप्रबन्धक दामोदर भण्डारीले बताउनुभयो ।

    कार्यक्रमले पाठक एवं लेखकलाई नजिक्याउने आयोजकले विश्वास लिएको छ । चौधरी फाउन्डेसनसँगको सहकार्यमा हुन लागेको कार्यक्रमका सहभागिताका लागि शुल्क नलाग्ने उहाँले बताउनुभयो । कार्यक्रममा सहभागी हुन चाहनेहरुलाई लक्षित गरी नवलपुरको कावासोती र चितवनको भरतपुरस्थित वीरेन्द्र क्याम्पस गेटबाट निःशुल्क यातायातको व्यवस्था गरिएको भण्डारीको भनाइ छ । निःशुल्क बस शुक्रबार दिउँसो एक बजेदेखि र शनिबार बिहान १० बजेदेखि प्रत्येक एक÷एक घण्टामा छुट्ने उहाँले बताउनुभयो ।

    फाइनप्रिन्ट फिभरका अवसरमा सांसद गगन थापा, महानायक राजेश हमाल, अभिनेत्री मनिषा कोइराला र सञ्चारकर्मी रवि लामिछानेको समेत सहभागिता रहनेछ । उक्त अवसरमा ‘देशजगत्’ शीर्षकको कार्यक्रममा लेखक एवं उद्यमी जीवा लामिछानेसँग कांग्रेस नेता गगन थापाले संवाद गर्नुहुनेछ ।

    यसैगरी अभिनेत्री मनिषा कोइरालासँग स्वरूप आचार्यले ‘बाँच्ने अभिलाषा’बारे संवाद गर्नुहुनेछ । ‘राजनीतिसँगै राजकाज’ पुस्तकका विषयमा आधारित रहेर लेखक एवं नेता रवीन्द्र मिश्रसँग सञ्चारकर्मी रवि लामिछानेले छलफल गर्नुहुनेछ । उक्त अवसरमा मिश्रको पुस्तक ‘राजनीतिसँगै राजकाज’ विमोचन गर्ने कार्यक्रम पनि छ । ‘पुँजीवाद र स्वतन्त्र समाज’ नामक सत्रमा मुराहरी पराजुलीसँग विद्यालक्ष्मी महर्जनले वार्ता गर्ने बताइएको छ । साथै ‘धमिराहरू’ शीर्षक सत्रमा लेखक राजीव उपाध्यायसँग प्रकाश रिमालले संवाद चलाउने कार्यक्रम छ ।

    यसैगरी ‘इन्द्रेणी’ शीर्षकको सत्रमा निरञ्जन कुँवरसँग उहाँको पुस्तक ‘बिट्विन क्विन्स एन्ड द सिटिज’को सेरोफेरोमा रहेर प्रतीक्षा कट्टेलले संवाद गर्नुहुनेछ । ‘रहर’ कथासङ्ग्रहका लेखक सुरेश बडालसँग ‘रहरका रङ’ शीर्षक सत्रमा प्रकृति भट्टराई बस्नेतले संवाद गर्नुहुनेछ ।

    फिभरका अवसरमा कवितासङ्ग्रह ‘क’का लेखक असीम सागरको कविता वाचन हुने पनि भण्डारीले जानकारी दिनुभयो । ‘अर्थनीति र राजनीति’ शीर्षक सत्रमा विनोद चौधरीसँग उमेश चौहानले कुराकानी गर्नुहुनेछ । ‘किताब मनको साथी’ शीर्षक सत्रमा महानायक राजेश हमालले पुस्तकबारेमा आफ्ना अनुभव, पुस्तकप्रति आफ्नो आकर्षण एवं लगावबारे चर्चा गर्नुहुनेछ । सर्वसाधारणमाझ उहाँ अध्ययनशील अभिनेताका रूपमा चिनिनुहुन्छ ।

    फिभरका अवसरमा उहाँले आफ्नो किताब पढ्ने बानी कसरी विकास भयो, किताबसँगको पहिलो साक्षात्कार कस्तो रह्यो, यसप्रतिको लगाव कसरी बढ्दै गयो भन्नेलगायत विषयमा आफ्ना अनुभव सुनाउनुहुनेछ । कार्यक्रमका अवसरमा ‘सेतो धरतीको एक दशक’ शीर्षक सत्र पनि रहनेछ । यसमा लेखक अमर न्यौपानेले पुस्तक बजारमा आइसकेपछि पाठकबाट कस्तो प्रतिक्रिया पाउनुभयो, यसले आफ्नो जीवनमा केकस्तो प्रभाव पार्यो भन्ने विषयमा पनि उहाँले आफ्ना धारणा राख्नुहुनेछ । फिभरका अवसरमा ‘सेतो धरती’को विशेष संस्करण लोकार्पण गर्ने कार्यक्रमसमेत छ ।

    प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सामाजिक विकास मन्त्रीको नयाँ बर्ष ज्येष्ठ नागरिक संग ।

    प्रधानमन्त्री ओलीद्वारा राष्ट्रका नाममा सम्बोधन

    कोभिड–१९ विरुद्धको लडाइँमा सकारात्मक सहयोग आवश्यक : उपप्रधानमन्त्री

    आज ०१ बैशाख २०७८ बुधबार, माता पाथिभराको दर्शन गरि दैनिक राशिफल हेर्नुहोसः

    मिडियामैत्री बजेट निर्माणमा सहजिकरण गर्ने मन्त्री राईको उद्घोष ।

    कोरोनाबाट तीन जनाको मृत्यु

    सर्वोच्चद्वारा अनलाइन सञ्चारमाध्यम नवीकरण नगरे रोक लगाउने व्यवस्था बदर

    सेनाको जिप दुर्घटना हुँदा ५ घाइते, २ को अवस्था गम्भिर

    ‘संविधानमा संसद् विघटनको व्यवस्था हिजो पनि राखेको थियो, अहिले पनि छ : प्रधानन्यायाधीश

    विप्लव समूह र प्रहरीबीच गोली हानाहान

    पार्टीले भन्दैमा अध्यादेश फिर्ता हुँदैनः ईश्वर पोखरेल

    पुर्व माओबादी नेताहरु जुनसुकै बेलापनि जेल जाने अवस्था आउँछः देव गुरुङ

    अदालतमा विचाराधिन मुद्दामा पुर्वन्यायधिशहरुले बोलेर गति छाडेको सुर्य थापाको आरोप

    पूर्वएमालेका १२१ मध्ये ८२ सांसद ओलीसँगै, नेता नेपाल ३९ सांसद लिएर प्रचण्डसँग (सूचीसहित)

    विप्लव नेकपाका नेता ओली नेतृत्वको नेकपामा प्रवेश

    दुई अध्यक्षको सहमतीमा माधव नेपालको आपत्ती

    समाचार

    प्रधानमन्त्री ओलीद्वारा राष्ट्रका नाममा सम्बोधन

    कोभिड–१९ विरुद्धको लडाइँमा सकारात्मक सहयोग आवश्यक : उपप्रधानमन्त्री

    प्रदेश–२ का प्रमुखद्वारा रासस निरीक्षण

    दुर्घटना

    गाडी दुर्घटना हुँदा ४ जनाको मृत्यु, १७ घाइते

    nekapa yemale

    माकुने र भिम रावललाई एमालेबाट निलम्बन,नेपालद्वारा ओली पार्टी बाट निलम्बन हो ? भन्ने प्रश्न ।

    सम्बन्धित खबरहरु

    प्रधानमन्त्री ओलीद्वारा राष्ट्रका नाममा सम्बोधन

    कोभिड–१९ विरुद्धको लडाइँमा सकारात्मक सहयोग आवश्यक : उपप्रधानमन्त्री

    प्रदेश–२ का प्रमुखद्वारा रासस निरीक्षण

    गाडी दुर्घटना हुँदा ४ जनाको मृत्यु, १७ घाइते

    खोटाङकि सांसद उषाकला राईलाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी

    ओलीलाई मोहोरा बनाइयो : प्रचण्ड

    सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
    संचालक तथा सम्पादक : लोकमणि रिजाल
    सह सम्पादक : प्रकाश पोखरेल
    सम्वाददाता: प्रदिप राई
    कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
    ग्राफिक डिजाईनर : ......
    सुर्यविनायक-१०, भक्तपुर, नेपाल
    मोबाईल नं ९८४२९०६६४२
    Email: postdesh@gmail.com

    सामाजिक संजालतिर

    आबश्यक लिंकहरु

    • Privacy Policy
    • Advertise with us
    • Contact us
    • About us
    2021: Desh Post मा सार्वाधिकार सुरक्षित छ. | Designed by: GOJI Solution
    ↑