देशपोष्ट/काठमाण्डौंं । वास्तु शास्त्र अनुसार परिवारका सदस्य यदि बिरामी र तनावमा भइरहन्छन् भने यसको कारण घरको मुख्य द्वार पनि हुनसक्छ । मुख्य द्वारसँग जोडिएका वास्तु दोषका कारण घरका सदस्य शारीरिक, मानसिक र आर्थिक रूपमा विचलित हुन्छन् । वास्तु शास्त्रका विभिन्न ग्रन्थमा घरको मुख्य द्वारसँग सम्बन्धित विशेष जानकारी दिइएको हुन्छ जसबारे ध्यान दिँदा तनाव, रोग र अनावश्यक खर्चबाट बचाउन सकिन्छ । यसका साथै घरमा शान्ति कायम रहन्छ । वास्तु शास्त्रमा यस्ता पाँच दोषबारे बताइएको छ जसका कारण घरमा गरिबी भित्रिन्छ । १. घरको मुख्य ढोका काठको हुनुपर्छ र बाहिरतर्फ खोलिनुपर्छ । भित्रतिर खोलिने ढोकाका कारण घरका मूलीले तनाव र विभिन्न रोगको सामना गर्नुपर्छ । धातुको ढोका राख्दा धोका पाउने सम्भावना अत्यधिक हुन्छ । यद्यपि, फेंग सुईले भने घरको ढोका भित्रतिर नै खोलिएको राम्रो बताउँछ । फेंग सुइँका अनुसार घरको ढोका भित्रतिर खोलिनुको अर्थ आमन्त्रण गर्नु हो र यसरी ढोका खोल्दा फेंग सुई इनर्जी भित्रिने गरिन्छ । फेंग सुईले पनि घरको ढोका ऊर्जा पोषणका लागि निकै महत्त्वपूर्ण हुने बताएको छ । २. घरको मुख्य ढोका घरका अन्य ढोकाभन्दा ठुलो हुनुपर्छ । यदि यो सानो भए आर्थिक समस्याको सामना गर्नुपर्छ ।
३. सूर्योदयका बेला घरको झ्याल ढोका खुल्ला हुनुपर्छ । यसले सकारात्मक ऊर्जा घरमा भित्रिन सहयोग गर्छ । यति बेला झ्याल बन्द रहँदा घरका सदस्यले स्वास्थ्यसम्बन्धी समस्या झेल्नुपर्छ ।
४. घरका कुनै पनि ढोकामा वा त्यसको पछाडि चक्कुलगायतका कुनै पनि धारिलो वस्तु राख्न हुँदैन । यसो गर्दा परिवारका सदस्यबिच सङ्घर्ष र तनाव बढ्न सक्छ ।
५. घरको कुनै पनि बेड रुममा वास बेसिन हुनु हुँदैन । यस्तो हुँदा दाम्पत्य जीवनमा विश्वासको कमी आउने गर्छ । यदि पहिले नै राखिएको छ भने वास बेसिनको अगाडि पर्दा राख्नुहोस् ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]