देशपाेष्ट/काठमाण्डाैं । इण्डियन प्रिमियर लिग, आइपिएल क्रिकेटमा नेपाली क्रिकेटका आइकन सन्दीप लामिछानेको आधारभुत पारिश्रमिक ४० लाख भारतीय रुपैयाँ तोकिएको छ । १४औँ संस्करणको आइपिएलका लागि सन्दीप अक्सन सूचीमा परेका हुन् ।
आइपिएलको यस संस्करणका लागि नेपालबाट ८ खेलाडीको नाम पठाइएको भएपनि अन्तिम सूचीमा सन्दीप मात्रै परेका हुन् । यसअघि, दिल्ली क्यापिटल्समा ३ सिजन रहेका सन्दीपलाई यो सिजन दिल्लीले रिलिज गरेको हो ।
आइपिएल अक्सनको अन्तिम सूचीमा भारतका १६४ र ओभरसिजका १२५ जना गरी २९२ जनामात्रै रहेका छन् । कुल १ हजार ९७ जनाको प्रारम्भिक सूचीमा नेपालबाट ८ खेलाडी समावेश भएका थिए ।
तर, फेब्रुअरी १८ मा हुने अक्सनका लागि तीमध्येबाट २९२ जनामात्रै अन्तिम सूचीमा अटाएका हुन् । अक्सनका लागि एसोसिएटबाट सन्दीपसहित अमेरिकाका अली खान र युएईका कार्तिक मेइयाप्पन सूचीमा छन् ।
प्रारम्भिक सूचीमा नेपालबाट सन्दीपसहित दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, कुशल मल्ल, शरद भेषावकर र अभिनास बोहराको नाम दर्ता भएको थियो । तर, सन्दीपबाहेक अरूले अवसर पाएनन् ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]