देश पोष्ट काठमाण्डौं । एजेन्सी, सैनिक कू भएको भन्दै म्यानमारमाथी अमेरिकाले फेरी प्रतिबन्ध लगाउने चेतावनी दिएको छ ।
म्यानमारको सेनाले नागरिक सरकारलाई अपदस्त गरेर राष्ट्रपतिसहित नेताहरूलाई नियन्त्रण लिएपछि अमेरिकी राष्ट्रपति बाइडेनले यसअघि हटाइएका प्रतिबन्धहरू फेरि लगाउने चेतावनी दिएका हुन् ।
सैनिक कूको भत्सर्ना गर्दै बाइडेन नोबेल शान्ति पुरस्कार विजेता आङ सान सुकीसहितका नेताहरूलाई पक्राउ गर्नु म्यानमारको प्रजातान्त्रिक रूपान्तरण र कानुनको शासनमाथिको प्रहार भएको बताएका छन् ।
उनले सैनिक कूको विरोध गर्न र नेतृ सुकीसहित हिरासतमा रहेका नेताहरूको रिहाइका लागि दबाब दिन अन्तर्राष्ट्रिय समुदायलाई आग्रह पनि गरेका छन् ।
१२ दिनअघि अमेरिकाको राष्ट्रपति बनेका बाइडेनका लागि मित्र राष्ट्रहरूलाई एकसाथ लिएर अघि बढ्नु पर्ने चुनौती भएको यो पहिलो अन्तर्राष्ट्रिय घटना भएकोले उक्त घटनालाई गम्भिरताका साथ लिइएको जनाइएको छ ।
‘म्यानमारको सैनिकलाई शक्ति तुरून्त फिर्ता गर्न र नेताहरूलाई तुरून्त रिहाइ गर्न दबाब दिन अन्तर्राष्ट्रिय समुदायले एउटै स्वर बनाउनु आवश्यक छ,’ बाइडेनको विज्ञप्तिमा भनिएको छ,‘गएको दशकमा म्यानमारको प्रजातान्त्रिक प्रणालीतर्फको प्रगति हेरेर अमेरिकाले प्रतिबन्ध हटाएको थियो । तर ती प्रगतिमा प्रतिगमन भएपछि प्रतिबन्धको नीतिमा आवश्यक कदमसहित तत्काल पुनर्विचार गर्नुपर्ने अवस्था आएको छ।’
बाइडेनले म्यानमारको सैनिकलाई टेलिफोन र इन्टरनेटमा लगाइएको प्रतिबन्ध समेत तत्काल हटाउन भनेकाछन् । वाइडेनले भनेकाछन् हामी म्यानमारका स्वतन्त्र नागरिकहरुको पक्षमा उभिएका छौ । उक्त क्षेत्र र संसारभरिका सहयात्रीसँग म्यानमारमा प्रजातन्त्र र कानुनको शासन पुनर्स्थापना गर्न काम गर्नेछौं र बर्माको प्रजातान्त्रिक प्रणालीलाई अवरोध गर्न खोज्नेहरूलाई पनि जिम्मेवार बनाउने छौं,’
म्यानमारमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न संयुक्त राष्ट्र संघको सुरक्षा परिषदको बैठक मंगलबार बस्दैछ । सुरक्षा परिषद् सदस्य रहेको चीनले यो घटनामा कस्तो प्रतिक्रिया दिन्छ भन्नेमा धेरैलाई चासो छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]