देश पोष्ट काठमाण्डौं । सौतेनी बाउद्वारा २३ बर्षिय छोरी माथी जबरजस्ती करणी गरी मरणासन्न हुने गरी कुटपिट गरी काठमाण्डौं बाट फरार रहेका एक ६० बर्षिय पुरुषलाई धनुषा प्रहरीले पक्राउ गरेर महानगरिय प्रहरी बौद लाई जिम्मा लगाएकाे छ ।
काठमाण्डौंको गोकर्णेश्वर नगरपालिका वडा नं. ५ जम्बुडाँडामा डेरा गरी बस्ने यादव थरका पुरुषले आफुले विवाह नगरेको भनी झुक्याएर आफुलाई बिवाह गरेको र पछी थाहा पाउदा निजको अर्कोपट्टीको छोरा भएको र आफ्नो अर्कोपट्टीको छोरी र श्रीमानको छोरा सबै संगै बस्ने सहमती अनुसार संगै बसेको कुरा पिडितकी आमाले जानकारी दिएकीछन् ।
एकहप्ता देखी कान्छी छोरी बिरामी भएकाले नेपाल मेडिकल कलेजमा छोरीको उपचार गराइरहेको र बिरामीलाई कुर्न आँफु र पिडकको छोरा अस्पतालमा रहेको अवस्थामा १३ गत्ते राती आँफुले काम गर्ने ठाँउमा ड्युटी गर्न श्रीमानलाई पठाएको तर बिभिन्न बहाना गरी ड्युटीमा नगएको र राती छोरी संग घरमा दुईजना मात्र रहेको अबस्थामा मादक पदार्थको सेवन गरी छोरीलाई मरणसन्न हुनेगरी कुटपिट गरी जबरजस्ती करणी गरी छोरी मरी भन्ने भएपछी भागेको कुरा भोलीपल्ट फोन मार्फत थाहा भएको पिडितकी आमाले प्रहरीमा दिएको जाहेरीमा उल्लेख गरिएको छ ।
पिडितकी आमाका अनुसार बिहान सम्म श्रीमान हस्पिटल नआएपछी फोन गर्दा पनि नउठाएपछी छोरालाई फोन गर्न लगाउदा मैले छोरीलाई जबरजस्ती करणी गरी मारेर हिडेको हो अब म आउदिन भनेपछी हतार कोठामा गएर हेर्दा कोठाभरी जताततै रगताम्य र छोरीको अचेत अबस्थामा केही ढुकढुकी भएको थाहापाएपछी राष्ट्रिय ट्रमा सेन्टरमा लगेर उपचार गराई रहेपनि मर्ने बाँच्ने ठेगान नरहेको डाक्टरको भनाई रहेको पिडितकी आमाले सुनाइन् ।
पिडितकी आमाले श्रीमानलाई छोरा मार्फत केही कार्वाही नगर्ने,मिलाउने कुरा आमाले गर्नु भएको छ बोल्नु भन्न लगाएपछी पिडितकी आमा संग फोनमा कुराकानी भएको,“आफुले श्रीमानलाइ म तपाँइ बिना बाँच्न सक्दिन तपाँई नभए म झुण्डिएर मर्छु तपाँई कहा हुनुहुन्छ ? तपाई आउनुस केश मिलाउछु भनी फकाई फुल्याई गरेपछी” आँफु जनकपुर उप–महानगरपालिका वडा नम्बर ८ स्थित रामानन्द चोकमा भएको जानकारी दिएको आधारमा प्रहरीलाई जाहेरी गरी पक्राउ गरेको पिडितकी आमाले जनाएकीछन् ।
पिडितको दुबै कान काटिएको,५ वटा दाँत भाचिएको,घाँटीको हड्डी भाँचिएको अस्पतालबाट बिपन्न बिरामीहरुको कुरुवा ,सामाजिक अभियान्ता मनोज बस्नेत ले जानकारी गराएकाछन् । १४ गत्रे बिहान अस्पताल भर्ना गरिएकी पिडितको हाल सम्म होस नआएको पिडतको आफन्तको भनाई रहेको छ ।
पक्राउ परेको अपराधीको बयानको आधारमा निजले जबरजस्ती करणी गरी कुटपिट गरी मरी भन्ने लागेपछी आँफु भागेको अनुसन्धानको क्रममा खुलेको महानगरिय प्रहरी बौद्वले जनाएको छ ।
दैनिक ज्यालादारी गरी परिवार चलाईरहेको अबस्थामा उक्त घटना घटेपछी उपचार गर्न र दैनिक जिबिकोपार्जनमा ठुलो समस्या परेकोले सम्बन्धित निकायले अपराधीलाई कडाभन्दा कडा कार्बाही गरी जिउ धनको शान्ति सुरक्षा गरी जिबनयापन गर्न सक्ने र उपचारमा सहयोग गरिदिन पिडित परिवारको आग्रह समेत रेहेको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]