देशपाेष्ट/काठमाण्डाैं । हाम्रो सास गनाउँछ भने सबैजना हामीसँग तर्किन्छन् । सास गनाउने मानिससँग कोही पनि कुरा गर्न वा सँगै बस्न चाहँदैन । यस्तो हुँदा उक्त व्यक्तिको आ’त्मवि’श्वास पनि हरा’उँछ ।
सास गनाउनुका पछाडि अनेकौं कारण हुन सक्छन् । खानपिन नमिलेर पनि यसो हुन सक्छ । समयमा ब्रेकफास्ट नगर्दा, नियमित रूपमा मुख सफा नराख्दा, खानेकुरा नपच्दा सास गनाउँछ । तर यहाँ बताइएका केही घरेलु उपचारले यो समस्याबाट मुक्ति दिन्छन् ।
ग्रीन टी: ग्रीन टी पिउने गर्नुभयो भने सास गनाउन छोड्छ । यसको एन्टीब्याक्टेरियल तत्त्वले दुर्गन्ध नाश गर्छ ।
बेस्सरी पानी पिउनुस्: पानी पिउँदा मुख ताजा रहन्छ र दाँतमा अड्केको खानेकुरा पनि पखालिएर जान्छ । यसरी मुख सफा भएर दुर्गन्ध हराउँछ ।
ल्वाङ र सूप: ल्वाङ चुस्नुभयो भने पनि सास गनाउन छोड्छ अनि दाँत पनि दुख्दैन । सूप चपाउनुभयो भने पनि मुखको दुर्गन्ध हराउँछ ।
कागतीको रस: एक गिलास पानी तताउनुस् र त्यसमा दुई चम्चा कागतीको रस हाल्नुस् । अनि मनतातो भएपछि बिहान बेलुका कुल्ला गर्नुस् । केही दिनमै मुखको दुर्गन्ध हराउँछ ।
हरियो अलैंची: अलैंची चपाउँदा दुर्गन्ध हराउने मात्र होइन मुखको स्वाद पनि बढ्छ अनि भोक लाग्ने समस्या अन्त्य हुन्छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
संचालक तथा सम्पादक : लोकमणि रिजाल
सह सम्पादक : प्रकाश पोखरेल
सम्वाददाता: प्रदिप राई
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
ग्राफिक डिजाईनर : ......
सुर्यविनायक-१०, भक्तपुर, नेपाल
मोबाईल नं ९८४२९०६६४२
Email: postdesh@gmail.com