• अन्तरर्वार्ता
  • साहित्य
  • स्थानीय तह
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ खबर
  • बैदेशिक रोजगार
  • खेलकुद
  • पर्यटन
  • फिचर
  • मनाेरञ्जन
  • Desh Post TV
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार/ब्लग
  • समाचार
  • प्रबिधि
  • स्वास्थ्य/शिक्षा
आज:  | Wed, 14, Apr, 2021
  • समाचार
  • अर्थ
  • स्वास्थ्य/शिक्षा
  • प्रबिधि
  • राजनीति
  • खेलकुद
  • विचार
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • स्थानीय तह
  • बैदेशिक रोजगार
होमपेज / प्रबिधि

चन्दञ्मामा ६५५ घण्टाको एक दिन

२८ पुष २०७७, मंगलवार ०८:५० मा प्रकाशित (3 महिना अघि) अनुमानित पढ्ने समय : ४ मिनेट
देश पोस्ट
  • ११४ पटक पढिएको
  • देशपाेष्ट/काठमाण्डाैं । तपाईं हामी सबैलाई थाहा भएकै कुराहो कि पृथ्वीमा २४ घण्टाको एक दिन हुन्छ, तर के तपाईलाई थाहा छ ? चन्द्रमामा कति घण्टाकाे एक दिन हुन्छ ? धेरैलाइई थाहा छैन हाेला कि चन्द्रमामा ६५५ घण्टाकाे एक दिन हुन्छ भनेर । हाे चन्द्रमामा ६५५ घण्टाकाे एक दिन हुन्छ ।

    पृथ्वीले मोटामोटी २४ घण्टामा आफ्नो धुरी (अक्ष) मा एक फन्को लगाउने गर्छ । त्यसैले यहाँ १२ घण्टाको दिन र यति नै समयको रात्रि हुन्छ। तर चन्द्रमा ‘अल्छे’ भएकोले आफ्नो धुरीमा पृथ्वी झैँ तीव्र  गतिले घुम्दैन। पृथ्वी आफ्नो धुरीमा प्रति सेकेण्ड ४६५ मीटरको गतिले अर्थात प्रति घण्टा १,६७४ किमीको गतिले फन्को मारिरहेको हुन्छ। चन्द्रमा भने यस मामलामा अति अल्छे एवं सुस्त छ।  पृथ्वीको तुलनामा उसको धुरीमा परिभ्रमण  गर्ने गति झण्डै १०० गुना कम अर्थात जम्मा ४.६२७ मीटर प्रति सेकेण्ड हुन्छ।  पृथ्वी आफ्नो गतिका कारण धुरीमा एक फन्को लगाउने काम २४ घण्टामै पूरा गर्छ भने चन्द्रमालाई एक फन्को लगाउन झण्डै ६५५.७ घण्टाको समय लाग्छ। यसको अर्थ के हो भने चन्द्रमामा एक पूरा दिन (दिन +रात ) ६५५.७  घण्टाको हुन्छ।  अर्थात चन्द्रमामा हुने रात्रि ३२७. ५  घण्टा  (पृथ्वीका १३.६६ दिनरात बराबरी ) को हुन्छ र दिन पनि ३२७.५ घण्टाको हुन्छ।

    अब यो सबै जानकारीलाई शीर्षकसंग समन्वय गरी गणना गर्नुस्।  चन्द्रमाको जुन भागमा चिनिया रोभर युतु गएर बसेको छ, त्यस भागमा हिजोसम्म रात्रिको समय थियो।  र,  तपाईं झैँ रात्रिको समयमा  रोभर युतुले पनि काम नगरी आराम गर्यो र बिहान हुनासाथ फ्रेश भई आफ्नो काममा लाग्यो।  अब यसको वैज्ञानिक कारण के हो भने रोभर युतु  र चन्द्रमामा भएको यसको घर अर्थात चिनिया चन्द्र मिसन चाङ्ग’इ ४ को ‘ल्यान्डर’ को ऊर्जा आपूर्ति सूर्यबाट नै हुन्छ।  रात्रि भएकाले यसका सौर्य प्यानलले काम गरेन र रोभर युतु ‘ल्यान्डर’ भित्र पसी अलि कति भए पनि चन्द्रमाको रात्रिकालीन माइनस १८० डिग्री तापमानको चिसोबाट जोगियो।  चन्द्रमाको वातावरण गज्जब नै छ । यहाँका रात्रि माइनस १८० सम्मका चिसा हुन्छन् भने दिनको तापमान १०० डिग्री सेल्सियससम्म पुग्छ। यसो हुनुको पछाडि चन्द्रमाको वातावरण पृथ्वी झै सघन नभई अत्यन्त पातलो हुनु नै हो।

    युतुले चन्द्रमाको २६ औं दिनमा सूर्य स्नान गर्दै ‘ड्यूटी ज्वाइन’ गरेको हो। युतु चन्द्रमामा पुगेपछि २६ ‍औं पटक सूर्योदय भएको हो।  अर्थात युतुको उमेर २६ चन्द्रमा दिन पुग्यो।  त्यसो त पृथ्वीका हिसाबले युतुको उमेर २ वर्ष ८  दिन पुगेको छ  भनौं ७३८  दिन ( यो समाचार लेखी रहदा पुष २७ गते /जनवरी ११ का दिन सम्म )। पृथ्वीका यी ७३८  दिनमा चन्द्रमामा भने २६ औं पटक दिन भएको छ।  माथि उल्लेख गरिसकिएको छ– चन्द्रमाको दिन ३२७.५ घण्टाको र रात्रि ३२७.५ घण्टाको दुबैको जोड ६५५ घण्टामा चन्द्रमाले आफ्नो धुरीको परिक्रमा पूरा गर्छ ।  त्यहाँको एक दिन ( दिन +रात ) पृथ्वीको २७.३२१६६१ दिन ( दिन +रात ) बराबरी हुन्छ।  चन्द्रमाको रात्रिको अवधि पृथ्वीका १३.६६ दिन (दिन +रात्रि ) र चन्द्रमाको दिनको अवधि पनि पृथ्वीका १३.६६ दिन बराबरी हुन्छ।

    चीनले ७ दिसम्बर सन २०१८ मा प्रक्षेपित गरेको चाङ्ग’इ मिसनको ल्यान्डर र रोभर युतुले ३ जनवरी २०१९ मा चन्द्रमाको पृथ्वीबाट कहिल्यै नदेखिने भाग ‘फार साइड अफ मून’  अथवा ‘डार्क साइड अफ मून’ भन्ने स्थलमा ल्याण्ड गरेका थिए। ओर्ले पछि १३ दिनसम्म ( पृथ्वीका १३ दिनरात तर चन्द्रमाको भने एक दिनको समय  )  काम गरी युतुले  यति नै समयको विश्राम लियो   र फेरि काममा फर्कियो। यसपटक युतु २६ औं पटक ड्यूटी ज्वाइन गर्न निस्केको हो। भनौं युतु चन्द्रमामा भएको ठाउँ ‘डार्क साइड अफ मून’ मा दिन प्रारम्भ भएको छ।

    ‘डार्क साइड अफ मून’ चन्द्रमाको त्यो ठाउँ हो जुन पृथ्वीबाट कहिल्यै पनि देखिँदैन। यसको जम्मा जम्मी कारण चन्द्रमा पृथ्वीसंग ‘टाइड्ली लक्ड’ छ।

    पृथ्वीले सूर्यको परिक्रमा गरे झैँ चन्द्रमाले पृथ्वीको परिक्रमा गर्छ।  पृथ्वीको परिक्रमा गर्ने यसको गति १.०२२ किमी प्रति सेकेण्ड रहेको छ।  यस गतिले पृथ्वीको चारैतिर घुम्दै यसले एउटा परिक्रमा पूरा गर्न ६५५.७ घण्टा अर्थात २७.३२१६६१ दिनको समय लाग्छ। चन्द्रमालाई आफ्नो अक्षको परिक्रमा पूरा गर्न र पृथ्वीको परिक्रमा पूरा गर्न लाग्ने समय दुरूस्तै एउटै छ। यसै कारणले चन्द्रमाको एउटा  भाग मात्रै पृथ्वीतिर रहेको हुन्छ र पछाडिको भाग कहिल्यै सामु आउन  पाउदैन। चन्द्रमाको यही पृथ्वीबाट नदेखिने भाग (झण्डै ४३ प्रतिशत भाग ) लाई नै ‘फार साइड अफ मून’ अथवा ‘डार्क साइड अफ मून’ भनिन्छ। अब तपाईलाई अन्दाजी गर्न गाह्रो हुन्न होला कि चन्द्रमाको ‘फार साइड’मा दिन भएको छ अर्थात पृथ्वीवासीले ‘डार्क साइड अफ मून’  भन्ने ठाउँमा अहिले झलमल्ल घाम लागेको छ। अब यसो हुँदा  पृथ्वीबाट देखिने भागमा  भने रात्रिको शुभारम्भ  भयो होला। यस कुराको पुष्टि त तपाई घरमै रहेको पात्रोबाट पनि गर्न सक्नु हुन्छ।

    चीनले सन २११३ मै चाङ्ग ‘इ ३ बाट चन्द्रमामा ओर्लिने सफलता पाएको थियो। चीन चन्द्रमामा पुग्ने विश्वको तेस्रो देश हो। सन २०२० मा भारतले चन्द्रमामा ओर्लिने प्रयास गरे पनि अन्तिम समयमा भारतीय चन्द्रयानले सुरक्षित अवतरण गर्न सकेन।  ओर्लिने क्रममा अन्तिमका केही मिनेटमा भारतीय चन्द्रयानको ल्यान्डर सॉफ्ट ल्यान्डिङ गर्न नसकेर चन्द्रमाको भुइँमा बजारिएको ( हार्ड ल्यान्डिङ्ग ) थियो।

    प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सामाजिक विकास मन्त्रीको नयाँ बर्ष ज्येष्ठ नागरिक संग ।

    प्रधानमन्त्री ओलीद्वारा राष्ट्रका नाममा सम्बोधन

    कोभिड–१९ विरुद्धको लडाइँमा सकारात्मक सहयोग आवश्यक : उपप्रधानमन्त्री

    आज ०१ बैशाख २०७८ बुधबार, माता पाथिभराको दर्शन गरि दैनिक राशिफल हेर्नुहोसः

    मिडियामैत्री बजेट निर्माणमा सहजिकरण गर्ने मन्त्री राईको उद्घोष ।

    कोरोनाबाट तीन जनाको मृत्यु

    सर्वोच्चद्वारा अनलाइन सञ्चारमाध्यम नवीकरण नगरे रोक लगाउने व्यवस्था बदर

    सेनाको जिप दुर्घटना हुँदा ५ घाइते, २ को अवस्था गम्भिर

    ‘संविधानमा संसद् विघटनको व्यवस्था हिजो पनि राखेको थियो, अहिले पनि छ : प्रधानन्यायाधीश

    विप्लव समूह र प्रहरीबीच गोली हानाहान

    पार्टीले भन्दैमा अध्यादेश फिर्ता हुँदैनः ईश्वर पोखरेल

    पुर्व माओबादी नेताहरु जुनसुकै बेलापनि जेल जाने अवस्था आउँछः देव गुरुङ

    अदालतमा विचाराधिन मुद्दामा पुर्वन्यायधिशहरुले बोलेर गति छाडेको सुर्य थापाको आरोप

    पूर्वएमालेका १२१ मध्ये ८२ सांसद ओलीसँगै, नेता नेपाल ३९ सांसद लिएर प्रचण्डसँग (सूचीसहित)

    विप्लव नेकपाका नेता ओली नेतृत्वको नेकपामा प्रवेश

    दुई अध्यक्षको सहमतीमा माधव नेपालको आपत्ती

    समाचार

    प्रधानमन्त्री ओलीद्वारा राष्ट्रका नाममा सम्बोधन

    कोभिड–१९ विरुद्धको लडाइँमा सकारात्मक सहयोग आवश्यक : उपप्रधानमन्त्री

    प्रदेश–२ का प्रमुखद्वारा रासस निरीक्षण

    दुर्घटना

    गाडी दुर्घटना हुँदा ४ जनाको मृत्यु, १७ घाइते

    nekapa yemale

    माकुने र भिम रावललाई एमालेबाट निलम्बन,नेपालद्वारा ओली पार्टी बाट निलम्बन हो ? भन्ने प्रश्न ।

    सम्बन्धित खबरहरु

    प्रधानमन्त्री ओलीद्वारा राष्ट्रका नाममा सम्बोधन

    कोभिड–१९ विरुद्धको लडाइँमा सकारात्मक सहयोग आवश्यक : उपप्रधानमन्त्री

    प्रदेश–२ का प्रमुखद्वारा रासस निरीक्षण

    गाडी दुर्घटना हुँदा ४ जनाको मृत्यु, १७ घाइते

    खोटाङकि सांसद उषाकला राईलाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी

    ओलीलाई मोहोरा बनाइयो : प्रचण्ड

    सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
    संचालक तथा सम्पादक : लोकमणि रिजाल
    सह सम्पादक : प्रकाश पोखरेल
    सम्वाददाता: प्रदिप राई
    कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
    ग्राफिक डिजाईनर : ......
    सुर्यविनायक-१०, भक्तपुर, नेपाल
    मोबाईल नं ९८४२९०६६४२
    Email: postdesh@gmail.com

    सामाजिक संजालतिर

    आबश्यक लिंकहरु

    • Privacy Policy
    • Advertise with us
    • Contact us
    • About us
    2021: Desh Post मा सार्वाधिकार सुरक्षित छ. | Designed by: GOJI Solution
    ↑