देशपाेष्ट/काठमाण्डाैं । रेलिगेसनबाट बच्न संघर्ष गरिरहेको ओसासुनासँग गोलरहित बराबरीमा रोकिएपछि रियाल मड्रिडले स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ।
फिलोमेना आँधीका कारण खेल हुनेमा आशंका थियो। स्पेनमा विगत ५० वर्षमा सबभन्दा ठूलो आँधी आएको हो।
ओसासुनाको घरेलु मैदानमा दुवै टिमले गोलका लागि संघर्ष गरे पनि सफलता हासिल गर्न सकेनन्। रियालका करिम बेन्जेमा र सर्जियो रामोसले गरेका गोलले अफसाइडका कारण मान्यता पाएनन्।
रियाल बराबरीमा रोकिएसँगै एट्लेटिको शीर्ष स्थानमा यथावत छ। रियालको ३७ अंक छ भने एट्लेटिकोको ३८ अंक छ। तर एट्लेटिकोले तीन खेल कम खेलेको छ। रियाल तेस्रो स्थानको बार्सिलोनाभन्दा तीन अंकले अगाडि छ। ओसासुना भने पुछारबाट दोस्रो स्थानमा छ।
ला लिगामा गएराति सम्पन्न अन्य खेलमा सेभियाले रियाल सोसिडाडलाई ३-२ ले पराजित गर्यो। त्यस्तै भिल्लारियालले सेल्टा भिगोलाई ४-० ले पराजित गर्यो। भिल्लारियाल ३२ अंकका साथ चौथो स्थानमा छ। समान ३० अंक जोडेका रियाल सोसिडाड र सेभिया क्रमशः पाँचौं र छैटौं स्थानमा छन्।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]