देशपाेष्ट/काठमाण्डाैं । प्रविधि व्यवसायी एलन मस्क विश्वकै धनी व्यक्ति बनेका छन् । उनी जेफ बेजोसलाई उछिन्दै विश्वका धनी व्यक्तिको सूचीमा पहिलो नम्बरमा पुगेका हुन् ।
टेस्ला र स्पेस एक्सका मालिक एलन मस्कको सम्पत्ति १८५ बिलियन अमेरिकी डलरभन्दा बढी पुगेपछि बेजोस पछि परेका हुन् । ब्लूमबर्गका अनुसार पछिल्लो समय मस्कको सम्पत्ति १३.६ बिलियन अमेरिकी डलरले बढेर १९५ बिलियन अमेरिकी डलर पुगेको छ ।
अमेजनका संस्थापकसमेत रहेका जेफ बेजोस भने १८५ बिलियन अमेरिकी डलरबराबरको सम्पत्तिसहित दोस्रो नम्बरमा रहेका छन् । बेजोस सन् २०१७ देखि लगातार धनी व्यक्तिको सूचीमा पहिलो नम्बरमा थिए ।
यसै वर्ष इलेक्ट्रिक कार निर्माता टेस्लाको बजार मूल्य ह्वात्तै बढेको थियो । बुधबार मात्रै यसको टेस्लाको बजार मूल्य ७ सय बिलियन अमेरिकी डलर पुगेको छ । योसँगै टेस्लाको बजार मूल्य अन्य कार निर्माता कम्पनीहरु टोयोटा, फोल्क्सवागन, ह्युन्डाई, जीएम र फोर्ड सबैको मिलाउँदा हुने भन्दा पनि बढी पुगेको छ । आफू विश्वका धनी व्यक्तिको सूचीको पहिलो नम्बरमा पुगेको समाचार सार्वजनिक भएपछि मस्कले ‘कस्तो अचम्म’ भन्दै प्रतिक्रिया दिएका छन् ।
केही समय पहिले मस्कले आफूले आधा सम्पत्ति पृथ्वीका समस्या समाधान गर्न र आधार सम्पत्ति मंगल ग्रहमा आत्मनिर्भर सहर स्थापनाका लागि खर्चने बताएका थिए ।
त्यस्तै विश्वका धनी व्यक्तिहरुको सूचीको तेस्रो नम्बरमा माइक्रोसफ्टका सञ्चालक बिल गेट्स रहेका छन् । त्यस्तै चौथो नम्बरमा फ्रान्सेली व्यवसायी बर्नाल्ड आर्नल्ट र पाँचौं नम्बरमा फेसबुकमा संस्थापक मार्क जुकरबर्ग रहेका छन् ।
विश्वका सबैभन्दा धनी १० व्यक्तिको सूची यस्तो छ
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]