देशपोष्ट/काठमाण्डौं । दुई चिनियाँ नागरिक अपहरण आरोपमा चार जना पक्राउ परेका छन् । प्रहरीका अनुसार तिलगंगास्थित होटल आनन्दबाट गत १९ पुसमा चिनियाँ नागरिक लिउ वेइपिङ र लि जियाओनिङलाई अपहरण गरिएको थियो । उनीहरूलाई दुई नेपालीसहित दुई चिनियाँ नागरिकको संलग्नतामा सिन्धुपाल्चोक पु-याइएको थियो ।
अपहरणमा संलग्न रहेको आरोपमा प्रहरीले सिन्धुपाल्चोक भोटेकोसीका दावा पासाङ लामा र भक्त लामा तथा चिनियाँ नागरिक ऊ चाओ र झाङ उईलाई पक्राउ गरेको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहका अनुसार चिनियाँ नागरिकलाई ट्याक्सीमा राखेर सिन्धुपाल्चोक मार्मिङ लगेर कुटपिट गरिएको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको छ ।
अपहरणकारीको कुटाईबाट घाइते दुबैको ललितपुर ग्वार्कोस्थित बीएन्डबी अस्पतालमा उपचार भइरहेको छ । आरोपीलाई भने प्रहरीले ‘अपहरण तथा शरीर बन्धक मुद्दा’मा कारबाही अघि बढाएको छ ।
उनीहरूबीच आर्थिक लेनदेनका कारण घटना भएको आशंका प्रहरीको छ । अपहृत चिनियाँ नागरिक भने काठमाडौं महानगरपालिका–१७ ठमेल बस्दै आएका थिए । उनीहरूलाई सिन्धुपाल्चोकसम्म पु¥याउने ट्याक्सी भने पहिचान भइसकेको छैन । साथी अपहरणमा परेपछि प्रहरीलाई चिनियाँ नागरिकले नै सूचना दिएका थिए ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]