देश पोष्ट/ काठमाण्डौं । कोरोना भाइरस कोभिड १९ को बिमा बापतको रकम दाबीका लागि गत मंगलबारसम्म परेका २ हजार ५ सय वटा निबेदनको प्रक्रिया पुरा नभएकाले फिर्ता भएको जानकारी प्राप्त भएको छ ।
प्रायःको नाम, थर, ठेगाना, परीक्षण मिति लगायत विवरण नमिलेपछि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) बाट फिर्ता आएको बीमा समितिले जनाएको छ ।
‘प्रमाणीकरणबाट फिर्ता भएका करिब २ हजार ५ सय त्यस्ता दाबी छन् । बिमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलका अनुसार ती दाबीबारे कोरोना बिमा दाबी व्यवस्थापन उपसमितिमा निर्णय गरिनेछ ।
उपसमितिमा छलफल भएपछि ती दाबी भुक्तानी गर्न मिल्ने, नमिल्नेबारे निर्णय गरिने गरी उक्त विषयमा छलफलका लागि बुधबार उपसमितिको बैठक बोलाइएको निर्देशक पौडेलको भनाई रहेको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
संचालक तथा सम्पादक : लोकमणि रिजाल
सह सम्पादक : प्रकाश पोखरेल
सम्वाददाता: प्रदिप राई
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
ग्राफिक डिजाईनर : ......
सुर्यविनायक-१०, भक्तपुर, नेपाल
मोबाईल नं ९८४२९०६६४२
Email: postdesh@gmail.com