देशपोष्ट/काठमाण्डौंं ।पश्चिमी अफ्रिकी देश नाइजरमा संदिग्ध इस्लामिक चरमपन्थीको आक्रमणबाट ७९ जनाको मृत्यु भएको छ । मालीसँग सीमा जोडिएका दुई वटा गाउँमा आक्रमण भएको हो ।
चोमोबांगोउ गाउँमा ४९ जना र जारोमदरय गाउँमा ३० जना मारिएको बीबीसीले लेखेको छ ।
चोमोबांगोउ गाउँमा सन् २०१७ देखि संकटकाल लगाइएको छ । हालका केही महिनामा यस गाउँमा छिमेकी देश मालीबाट आएका संदिग्ध जेहादीहरुले आक्रमण गर्दै आएका छन् ।
नाइजरमा अल कायदा र इस्लामिक स्टेटसँग सम्बन्धित चरमपन्थी समूहले पनि धेरै पटक आक्रमण गरिसकेका छन् ।
गत वर्ष भएको आक्रमणमा सयौं व्यक्ति मारिएका थिए ।
यस्तै छिमेकी देश नाइजेरियामा सक्रिय बोको हरामले गत महिना दक्षिण पूर्वमा पर्ने दिफा इलाकामा २७ जनाको हत्या गरेको थियो ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]