लक्ष्मण सिटौला
मामाघर होमस्टे शिवपुरी नुवाकोट
माथ्ला घरे माल्दाइ
तल्ला घरे साल्दाइ
पारि घरे काल्दाइ
वारि घरे ठाल्दाइ
सबै सबै दाइहरु
कहिले मिल्छन
कहिले मिल्दैनन
मिल्या बेला ती
हल्ला गर्दैनन्
सुटुक्क खान्छन
नमिल्या बेला चै
कुकुर जस्तै भुक्छन
हड्डि एउटा हुन्छ
चपाउने दारा हजारौं छन
तिन्का ङारङार र ङुर्ङुर
हड्डि प्रसादहरु
पि।ए को नाउँमा
अर्धलीको नाउँमा
भान्से हुक्केका नाउँमा
आएका तलब आफै झ्वा
पेट्रोल चोरहरु
सरकारी गाडीका पुर्जा चोरहरु १
घर भएर पनि घर भाडा लिनेरु
किरा परेको छ
तिम्रा दिमागमा रु
लाज लाग्दैन ठग्नरु
मन्त्रालयको नाउँमा
पेट्रोल पनि लिने
पैसा पनि लिने
पैसा लिएसी त
पेट्रोल किनेर हाल्नु नि १
हरे १ किन यस्तो दरिद्र भाको
खोइ हाम्रो कमेरे गाउँको कान्छो
ज्याला गर्न गाको पैसो पनि
भएको बेला दिए हुन्छ भन्छ बरा १
तिम्लाइ मुर्दार माग्ने हो १
सधैं ठगेर खानु परोस।
भ्रष्टाचार गर्न
तिमीहरूले नै सिकाको हो क्या
बलात्कार गर्न
तिमीहरूले नै उक्साको हो क्या
तिम्रा।।।। काटेर फाल्नु पर्छ
बारिका पाटा अनि
बल्ल ठिक हुन्छ ।
गाउँ छदा आमाले बाटेको
खोसेल्टाको चकटिमा पादेर बसेको बिर्स्यौ रु
भोट् जित्नु पैले
मुत गन्हाउने ओछ्यानमा
घुरेको बिर्सियौ रु
अहिले मन्त्री भएसि
लाखौको सोफा चाहिने
गगरेटे हो १ हिजो परालको माचमा
मुला खाएर डकार्दा
गोठमा बाधेकी गाई
किलो नै उखेल्ने गरेर तर्सेकी भुल्यौरु
अहिले हेलिकप्टर चढ्न पर्ने रु
खोसेल्टे हो १
हिजो गाउँमा भैसीको भकारो सोहोर्ने हातले
आज घुस सोहोर्दै छौ १
चोर्न र गुन्डागर्दी गर्न
तिमीहरूले नै सिकाएको
जनता खराब होइनन्
खराब त तिमीहरू पो हौ त १
सधैं अस्थिर छ आगन
तिम्लाइ भने सधैं रत्यौली
डामेर छोडनु पर्ने साडहरु ११
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]