देशपाेष्ट/काठमाण्डाैं । नेपाली युट्युबरलाई खुसीको कुरा छ । युट्युबले नेपाललाई पनि आफ्नो पार्टनर प्रोगाम उपलब्ध हुने सूचीमा राखेको छ । यसको अर्थ युट्युबले उपलब्ध गराइरहेका सेवा तथा आम्दानीको प्रक्रियामा नेपालबाटै सहभागी हुन सकिनेछ ।
युट्युबमार्फत नेपालीहरुले आम्दानी गरिरहेको भएपनि पार्टनर प्रोग्रामको सूचीमा नहुँदा मनिटाइज गर्दा अन्य देशको नाम राख्नुपर्ने बाध्यता थियो ।
भिडियो सेयरिङ प्ल्याटफर्म युट्युबमा नेपाली कन्टेन्ट निर्माताको बाक्लो उपस्थिति भएपनि मनिटाइज गर्दा भने युट्युबले नेपाललाई पहिचान नै नगरेको अवस्था थियो ।
नेपालीले भारत, अमेरिकाजस्ता देशको नाम राखेर सोही देशको प्रयोगकर्ता देखाएर आम्दानी गर्नुपर्ने अवस्था थियो ।
सूचीमा नेपालको प्रवेशसँग अब कुनै पनि युट्युब भिडियो कन्टेन्ट निर्माताले मनिटाइज गर्ने अवस्थामा देशको नाम नेपाल उल्लेख गरेर नै आम्दानी गर्न सक्नेछन् ।
यसबाहेक युट्युबले सार्वजनिक गर्ने नयाँ किसिमका सेवा तथा नियमहरु नेपाली प्रयोगकर्ताका लागि लागु हुनेछ ।
युट्युबको पार्टनर प्रोग्रामका अहिले १ सय २२ देश छन् । एक हजार सब्सक्राइबर पुगेका र चार हजार घन्टा भिडियो हेरिएको समय पुरा भएमा युट्युबमा मनिटाइज गर्न सकिन्छ । अहिले नेपाली युट्युबरले महिनामै ४÷५ लाख कमाउने अवस्थामा पुगिसकेका छन् ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]