देशपोष्ट/काठमाण्डौंं । अन्तरिक्षमा नेपालको आफ्नै स्याटेलाइट राख्न ४ वर्षअघि शुरु गरेको प्रक्रिया नेपाल दूरसञ्चार प्राधिकरणले रद्द गरेको छ ।
‘४ वर्ष अघि एक किसिमले स्याटेलाइटको परिकल्पना भएको थियो । अहिले स्याटेलाइट नीती पनि आइसकेको छ, उनले भने ‘त्यसपछि स्याटेलाइट प्रविधिमा पनि धेरै परिवर्तनहरु आइसकेका छन् । त्यसमा पनि विचार गर्ने र सरकारले ल्याएको स्याटेलाइट नीति पनि मिट हुने गरी नयाँ ढंगबाट अगाडी बढ्न पुरानो खरिद प्रक्रिया रद्द गरिएको हो ।’
सरकारले गत असार २ गते स्याटेलाइट नीती पारित गरेको थियो । सन् १९८४ मै अन्तराष्ट्रिय दूरसञ्चार संघ (आईटीयू) ले नेपालका लागि ५० डिग्री र १ सय २३ दशमलव ३ डिग्री पूर्वी देशान्तरमा स्याटेलाइट राख्ने स्थान (अर्बिटल स्लट) उपलब्ध गराएको थियो ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]