देशपाेष्ट/काठमाण्डाैं । खोटाङ जिल्लाको जनस्वास्थ्य कार्यालयको नवनिर्मित आरसिसि भवन निर्माण सम्पन्न गरि निर्माण कम्पनीले जनस्वास्थ्य कार्यालयलाई हस्तान्तरण गरेको छ ।
निर्माण व्यवसायी कम्पनी खानी निर्माण सेवाले आज जिल्ला जनस्वास्थ्य कार्यालय परिसरमा निमित्त जनस्वास्थ्य कार्यालय प्रमुख छवीलाल आचार्यलाई हस्तान्तरण गरेको हो ।
भवन निर्माण आयोजना ओखलढुंगासँग २०७३ बैशाख ३० गते निर्माण सम्झौता गरेको खानी निर्माण कम्पनीले ४ वर्षमा निर्माण कार्य पूरा गरि भवन हस्तान्तरण गरेको हो ।
२ करोड ३६ लाख ६९ हजार ९२२ को लागतमा निर्माण सम्पन्न भएको नवनिर्मित आरसिसि भवनमा सुविधासम्पन्न एटेज वाथरुम सहितको २८ ओटा कोठा रहेको छ । भवन निर्माण कार्य शुरु गर्दा जग खन्ने क्रममा पानीको मुहान निस्किएपछि त्यसलाई निर्माण व्यवसायी कुमार आचार्यले व्यक्तिगत खर्चमा पनिट्यांकी निर्माण गरि व्यवस्थित गरेका थिए ।
सुविधासम्पन्न एटेज वाथरुम सहितको २८ ओटा कोठा रहेको नवनिर्मित आरसिसि भवनमा सुविधा सम्पन्न आरसिसि भवनमा पहिलो तलामा ल्याब इमेर्जेन्सी सहितको सेवा उपलब्ध गराइने छ भने दोस्रो तलामा कार्यालय रहने र तेस्रो तलामा कर्मचारी आवास केन्द्र रहने जिल्ला जन स्वास्थ्य कार्यालयले जनाएको छ ।
नवनिर्मित भवनलाई चाँडै व्यवस्थापन गरि उक्त भवनबाट सेवाग्राहीलाई सेवा उपलब्ध गराइने जिल्ला समन्वय समिति प्रमुख एवं अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बबि चाम्लिङले जानकारी दिए ।
भवन निर्माण कार्य सम्पन्न भए पनि विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ का कारण हस्तान्तरण गर्न केहि ढिलाई भएको निर्माण कम्पनीले जनाएको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]