देशपाेष्ट/काठमाण्डाैं । काठमाण्डौंको दक्षिणकाली नगर पालिकाका कर्मचारीलाई कोरोना संक्रमण पोजिटिभ देखिएपछि नगरपालिकाले प्रदान गर्ने अत्यावश्यक सेवा बाहेकका अन्य सेवाहरु बन्द गरेको छ । नगरपालिकाले आइतबार एक सुचना जारी गर्दै सेवा बन्द गरेको जानकारी गराएको हो ।
मंसिर ८ गते नगरपालिका भित्रका नागरिक र पालिकाका कर्मचारीहरुको स्वाव संकलन गरि पीसिआर परिक्षण गरेको मा नगरपालिकाको मुख्य प्रशाशनिक भवनमा कार्यरत केहि कर्मचारीहरुमा कोरोना संक्रमण पोजिटिभ देखिएको हो ।
पालिकाले मंसिर १२ गते सम्म अत्यावश्यक सेवा बाहेकको सेवा बन्द गर्ने र संक्रमित कर्मचारीहरुको close contact मा आएका नगरका नागरिकहरुलाई contact tracing मा राखी पीसिआर परिक्षण गरिने पनि नगरपालिकाले जनाएको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]