देशपाेष्ट/काठमाण्डाैं । आदिम काल देखिनै सर्प मानिसहरुको लागि डर र रहस्यको पर्यावाची जिव बनेको छ । तपाईं हाम्रो समाजमा आज पनि सर्पको बारेमा निकै धेरै मिथक र दन्ते कथाहरु सुन्न पाइन्छन । त्यसैले आज पनि हामी सर्प भन्ने सुन्ने बित्तिकै डर र कौतुहलताले भरिन्छौं ।
सर्पको बारेमा हामीले धेरै सुनेको कथा मध्ये नागमणि, इच्छाधारी नाग, सर्पले लिने बदला, सर्पको आँखामा छापिने शत्रुको तस्विर, उड्ने सर्प आदी बढि सुनाइने कथामा पर्छन । आज हामी उड्ने सर्पको विषयमा जानकारी दिने छौँ
उड्नेवाला सर्प हामी कमैले मात्र देखेका हौँला । यि सर्पहरु धेरै नै विषालु हुन्छन् । उनीहरु प्वाँख बिनै कसरी उड्छन् भन्ने कौतुहलता धेरैलाई परेको होला । एक शोधमा वैज्ञानिकहरुले यसको कारण पत्ता लगाएका छन् । प्याराडाइस ट्री स्नेक रुखको एक हाँगाबाट अर्को हाँगासम्म मात्रै उड्न सक्छ । साथै उडेर जमीनमा पनि आउन सक्छ ।
सर्प उड्ने क्रममा हावामा हल्लिँदै उड्छ । साथै उड्दा एस आकारको बन्छ । यो प्रक्रियालाई अनड्यूलेशन भनिन्छ । यस प्रकारले विशेष प्रजातीका सर्पहरु हावामा उड्छन् । हावामा उड्ने सर्प ७ प्रजातीका छन् । शोधकर्ताहरुले यो अध्ययन गरेका हुन् ।
यो अध्ययनमा उनीहरुले सर्पको गतिविधिहरु एक क्यामेरामा कैद गरेका थिए । सर्प उडेको बेला विभिन्न गतिविधि गर्छ ।
तर वास्तवमा यि सर्पहरु हावामा उडेका नभई एक रुखबाट अर्को रुखमा उफ्रेर गएका हुन् । यि प्रजातीका सर्पहरु लामो दुरी सम्म हावामा छलाङ लगाउन सक्छन जसलाई झट्ट हेर्दा सर्प उडे जस्तो देखिन्छ ।
उड्ने सर्पको प्रजाती दक्षिणपूर्व एशियाबाहेक भारत, श्रीलंका, दक्षिण चीन र फिलिपिन्समा पाइन्छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]