३ भदौ २०७७–काठमाडौं । नेपाली साहित्यका जिउदो इतिहाँस राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०१ वर्षको उमेरमा श्वासप्रश्वासको समस्याबाट मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा काठमाडौंको कपुरधारास्थित आफ्नै घरमा निधन भएपछी नेपाली साहित्यको एक धरोहरको अन्त्य भएको छ ।
राष्ट्रपती विद्यादेवी भण्डारी बाट समबेदना ब्यक्त भएको छ भने प्रधानमन्त्रिी के पी शर्मा वली बाट कवि घिमिरेले नेपाली साहित्यमा राष्ट्रलाई लगाएको गुण राज्यले नबिर्सने कुरा ब्यक्त भएको छ ।
उपप्रधानमन्त्री ईश्वर पोखरेलले घिमिरेको पार्थिव शरीरमा आज बिहान १० बजे राष्ट्रिय झण्डा ओढाएर सम्मान गर्ने कार्यक्रम समेत रहेको जानकारी प्राप्त भएको छ ।
वि. सं. १९७६ असोज ७ गते लमजुङको पुस्तन गाउँमा जन्मिएका घिमिरे स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली अपनाएर साहित्य सिर्जना गर्ने साहित्यकारका रूपमा नेपाली साहित्यमा परिचित पात्र हुन् ।
२०६० साल असोज ७ गते तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाले ‘छन्द शिरोमणि’को उपाधिबाट अभिनन्दन गरेका थिए , अभिनन्दन गरेको तीन दिनपछि उनलाई ‘राष्ट्रकवि’को उपाधी दिएर सम्मान गरिएको थियो ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]