२ श्रावण २०७७–काठमाण्डौ । “जेल पनि सहुँला” का कलाकार हरुद्वारा अभिनित “रुँदा रुँदै हाँसेको मान्छे” म्युजिक भिडियो सार्बजनिक भएको जानकारी प्राप्त भएको छ । रेडियो नेपालद्धारा आयोजित खुल्ला आधुनिक गीत प्रतियोगिता (२०७२) मा दोश्रो स्थान प्राप्त गरेको उक्त गीत आज सार्वजानिक भएको हो ।
चर्चित गितकार तथा नेपाल आयल निगम कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनका केन्द्रिय अध्यक्ष गोपालचन्द्र राईको शब्द रचना, विक्रम राईको संगीत र सागर संसार राईको स्वरमा रहेको “रुँदा रुँदै हाँसेको मान्छे” म्यूजिक भिडियो आज सार्वजानिक भएको हो ।
लकडाउनकै समयमा करिव डेढ करोड दर्शकले मन पराएको “जेल पनि सहुँला” का कलाकारहरु लक्ष्मी बर्देवा र जीवन भट्टराई लगायतले सो म्युजिक भिडियोमा अभिनय गरेको गितकार गोपालचन्द्र राईको भनाई रहेको छ । भिडियो हेर्नको लागि तलको लिंकमा क्लिक गर्नुहोला ।
https://youtu.be/ySWmh052CUo
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]