१ असार २०७७–रुकुम । रुकुम पश्चिम चौरजहारी नगरपालिका ८, सोतीगाउँमा भएको घटनामा संलग्न रहेको आरोपमा ३४ जना विरुद्ध आइतबार अभियोग दर्ता भएको जानकारी प्राप्त भएको छ ।
पक्राउ परेका र फरार रहेका समेत गरी ३३ जनाविरुद्ध तीन कसूर र एकजनाविरुद्ध मतियार कसूरमा जिल्ला सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा अभियोग दर्ता गराएको जनाएको छ । पक्राउ परेका सोती गाउँका २८ र फरार पाँचजनासहित गरी ३३ जनाविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, जातीय भेदभाव र छुवाछुत गरी तीन कसूरमा अभियोग दर्ता भएको हो । त्यस्तै पक्राउ परेका जाजरकोटका एकजनाविरुद्ध मतियार कसूरमा अभियोग दर्ता भएको खबर प्राप्त भएको हो ।
पक्राउ परेका र फरार रहेका समेत गरी ३४ जनामध्ये ३३ जनालाई तीन र एकजनालाई तीनवटै कसूरमा मतियार रहेको अभियोग लागेको रुकुम अदालतका स्रेस्तेदार कृतबहादुर बोहराले जानकारी दिएकाछन् । बोहोराका अनुसार ३३ जना विरुद्ध मुलुकी अपराध संहिताको दफा १७७ (२) अनुसार जन्मकैद, दफा ४१ (क) (ग) बमोजिम आजीवन काराबास र जातीय भेदभाव तथा छुवाछुत कसूर र सजाय ऐन २०६८ को दफा ३ (१) र दफा ४, ५ को कसूरमा दफा ७ (१) क बमोजिम कैद सजायको माग गरिएको छ ।
प्रतिवादी इन्द्रबहादुर मल्लको हकमा भने अपराधसंहिताको दफा ३६ को कसूरमा दफा ३३ (ख) बमोजिम सजायको माग दाबी गरिएको छ । घटना घटेको २३ दिन पछी दर्ता भएको अभियोगको सोमबार बयान शुरू हुने स्रेस्तेदार बोहराको भनाई रहेको छ । पक्राउ परेकामध्ये दुई बालबालिका रहकाछन् ।
घटनामा संलग्न भएको आरोपमा जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमले छुट्टाछुट्टै मितिमा सोती गाउँका २८ र जाजरकोटका एक गरी २९ जनालाई पक्राउ गरेको जनाएको छ । फरार पाँचजनाको खोजी भइरहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीले बताएकाछन् ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]