दिवस रिजाल, फागुन ३० खोटाङ ।
जिल्लाको उत्तरी भागमा अवस्थित रावाबेसी गाउँपालिकाको केन्द्र साविक लामिडाँडा गाउँपालिका भई खार्पा केन्द्र रहेको थियो । स्थानीय तह पुनर्संरचना सुझाव आयोगको प्रतिवेदन २०७३ अनुसार कुभिण्डे, खार्पा, हौचूर, लामिडाँडा,दूबेकोल र धारापानी गरी छ वटा गाउँ विकास समितिहरूका सम्पूर्ण वडाहरूलाई मिलाएर गठन गरिएको हो । यसमा छ वटा पूर्व गाविसहरू छ वटा वडाहरूमा रूपान्तरण भएर सिङ्गो गाउँपालिका गठन भएको हो ।
रावाबेसी गाउँपालिका खोटाङ जिल्लाको उत्तर पश्चिमी भागमा पर्दछ । यसको नाम पहिले लामिडाँडा गाउँपालिका र केन्द्र साविक खार्पा गाविसको कार्यालयमा रहेको थियो । हाल यसलाई परिवर्तन गरी नाम रावबेसी गाउँपालिका र केन्द्र साविक कुभिन्डेको हरमटारमा सारिएको हो । रावाबेसी गाउँपालिकामा सडकमार्ग र हवाइ मार्ग दुवै किसिमले पुग्न सकिन्छ । लामिडाँडा विमानस्थलमा राजधानी काठमाण्डौबाट सिधा हवाइ सम्पर्क रहेको छ भने सगरमाथा राजमार्ग हुँदै जिल्लाको सदरमुकाम जाने क्रममा मौरेगढी भन्ने ठाउँमा मध्यपहाडी राजमार्गलाई भेट्दछ । पूर्वमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, दक्षिणमा हलेसी तुवाचुङ नगरपालिका र उत्तरमा ऐंसेलुखर्क गाउँपालिकाको न्यानो काखमा रहेको यस गाउँपालिकाको पश्चिमतिरबाट दूधकोशी नदीको चीसो हावा बहने गर्दछ । दूधकोशीपारि ओखलढुङ्गा जिल्ला पर्दछ ।
देशपोष्ट मिडियाका सह–सम्पादक दिवस रिजालले खोटाङ जिल्लाको रावावेसी गाउँपालिकाका प्रमुख लिलानाथ निरौला सित गरेको कुराकानीमा आधारित अंश ।
तपाई यस रावावेसी गाउँपालिकाको प्रमुख भएर आएपछि यहाँका जनताले अनुभुत गर्नेगरी भएका विकासका कामहरु के के हुन् ?
धन्यवाद दिवस जि तपाई लगायत यो देशोष्ट मिडियालाई सर्वप्रथम त जो तपाई यस गाउँपालिकाकै कार्यकक्षमा आएर मलाई प्रश्न गर्ने भो तपाईलाई धन्यवाद दिन चाहान्छु ।
यो रावावेसी गाउँपालिकामा विगतमा हामी ७४ साल असार १८ गते सफत खाँदै गर्दा यस गाउँपालिकामा विविध समस्याहरुको चाङ नै थियो । धेरै जनताहरु चै विकासका भोका थिए धेरै जनताहरु स्थानिय सरकार आउँदा केहिन केहि परिवर्तन हुन्छ भनेर जनताहरु आतुर थिए । जनताहरुका चाहानालाई ध्यानमा राखेर सवै वडा टोल भेगलाई केलाउँदै लादा यहाँ धेरै समस्याहरु देखा परे र यि समस्याहरुलाई समाधान तर्फ हामी अघाडी वढौं पहिलो कुरा त यो रावावेसी गाउँपालिका र हरमटार केन्द्र भएको छ । पहिला चै यसलाई लामिडाँडा गाउँपालिका र खार्पा केन्द्र रहेको यस परिस्थितिमा स्थानीय संरचना मै यस खालको परिपार्टीरहेकोले हामी निर्वाचित भएपछि सफत खाएकै हप्ता दिन पछि यसको नाम र केन्द्र परिवर्तन गर्न पहिलो सफल भयौं । यो चै सवै गाउँपालिका वासीले चै एक खालको अनुभुती गर्ने र सवैलाई विच सेन्टरमा पर्ने भएकोले हामि सवैको पायक पर्ने ठाउँ भएकोले यस कार्यालय स्थापना गर्दा हामिले धेरै दुख कष्ठ खेप्नु प¥यो । हामी वस्ने कार्यकक्ष थियन सेवाग्राही आयर वाहिर चौतारीमा वस्ने परिपार्टी थियो । अनि हामि एउटै घरमा हामी सवै कर्मचारी लगायत सिँगो पालिकाका जनप्रतिनिधि वसेर काम गर्नु पर्ने वाध्यता थियो । यस लाई क्रमिक रुपमा निराकरण गद्रै हामी पालिका यहा सर्नुका साथै अघाडी नै हामिले जग्गाको उपलव्ध गराएका थियौ । र यस १४ कोठे भवन निर्माण पहिलो चरणमा ग¥यौ । जो अहिले वेग्ला वेग्लै कार्यकक्षमा भेट्न सकिन्छ ।
गत आथिक वर्षमा पुर्वाधार विकासमा के के कामहरु भए ?
गत आवमा यस गाउँपालिकाले पुर्वाधार तर्फ हाम्रो विजुले—देवेकोल ऐंसेलुखर्क भन्ने एउटा मेन सडक छ जुन यस गाउँपालिका भएर आउछ यस्लाई हामिले स्तरउन्नती गरेर चार मिटरको वाटो लाई आठ मिटरको वाटो वनायौं । त्यस पछि यस सडक लाई पक्कि नाली सहित वनायर खोलावाट ल्याएर गिटि वालरवा विछ्यायौं । राखोलामा पक्कि पुल निर्माण गरिसकेका छौ । जुन यो सडक छ यस्लाई चै हामिले पालिकाको गौरवको योजना वनाएर अघाडी वढिरहेका छौं । त्यसै गरि प्रत्येक वडा वडामा एक एक वटा गौरवको योजनाहरुलाई लिएर विगत देखि अहिले सम्म निरन्तरता दिराखेका छौ । जो प्रत्येक वडाले आ–आफ्नो गौरवको योजना छनौट गरेका थिए जो गौरवको योजनालाई थप २० लाख वजेट माग्छ यस्लाई पहिले हामि थप्ने काम गरिराखेका छौ । विविध पुर्वाधार तर्फ यस गाउँपालिकाका सवै वडाहरुमा यातायातसँग सिधा जोडिएबा छन् । र पुर्वाधार विकास हेर्दा यस पालिकाले हामी निर्वाचित भएर आएदेखि धेरैनै फड्को मारीसकेको छ ।
विकास बजेट कार्यान्वयनका समस्या र चुनौती के के हुन् ?
वास्तवमा विकास वजेट चै कायौन्वयनको चरणमा केही समस्या र चुनौती त आईराखेकै हुन्छन । केही कुराचै विकास वजेटहरु हामिलाई भयन भनेर जनताहरु गुनासो लिएर आउथे अनी केहि वजेटहरु चै गाउँगाउँमा दिदा उपभोक्ता समितिमा तछाड र मछाड, यो पार्टी र उ पार्टी, यो दलको र उ दलको भन्दा केही समस्या चै मैले देखेको छु । किन यो कारण छ भन्नुहुन्छ भने यो परानो परिपार्टी जो २० वर्ष सम्म चै एकलौटी एउटा कर्मचारीको भरमा देश चलेको अनी गा.वि.सहरु चलेका थिए । यो परिपार्टीमा चै सरकार भन्दा टाढा रहने कसैको निगरानीमा नरहने हुदा अनी जस्ले जे गरे पनी हुने जुन परिस्थिति थियो । अनी उपभोक्ता समितिले नी पेश्कि फर्चौट गर्ने र केही पैसाकाममा लगाउने केही पैसा खाने वानीले र उनीहरुचै कसरी र कहाँवाट खान पाईन्छ भनेर वानी परिसकेपछि यस विकास वजेटमा कार्यान्वयन गर्ने केही चुनौतीहरु खडा भएका छन उपभोक्ता समिति मार्फत । तर अहिले हामिले यसलाई निराकरण गर्नको लागि दिएका योजनाहरु सहि किसिमले काम भयो कि भयन, प्राविधिक इस्टमेटका आधारमा कामको प्रगतिभईरहेको छकी छैन भनेर प्रत्येक वडा र स्वयम. म आफै फिल्डमा गएर अनुगमन गर्ने गरेका छौं । जुन हिसावमा हामिले सडकलाई दिएका छौं, विद्यालय, स्वास्थ्य, शिक्षा, खानेपानी पुल लगायतमा लगानी गरेका हामिले सहि तरिकाले खर्च भएका छन की छैनन् भन्दा केहि चुनौती हुँदा हुँदै गर्दा पनि हामि रावावेसी गाउँपालिकामा केही हिसावमा हामिले तेस्ता चेनौतीलाई समाधान गद्रै आईरहेका छौं । काम गरि रहदा समस्या र चुनौती त आउँछन यो स्वभाविक र्नै हो तर यि सवै कुरालाइ ध्यानमा राखेर हामि सचेत भएर अघाडी वढी राखेका छौं ।
शिक्षा, स्वास्थ्य र रोजगारी प्रवद्र्धनमा यस गाउँपालिकाले कसरी काम गद्रै छ ?
अव, शिक्षा तर्फ भन्नुहुन्छ भने हामिले एक विद्यालय देखि अर्को विद्यालय सम्म चै निरन्तर अनुगमन गरिराखेका छौं प्रत्येक विद्यालयमा विद्यार्थी वर्गका लागि भनेर दिवा खाजा निशुल्क वितरण गरिराखेका छौ. जस्ले गर्दा विद्यार्थी खाजाको मोहितमा परेर निरन्तर विद्यालय आउने एउटा परिपार्टीको विकास भैरहेको छ । विद्यालयका प्र.अहरु, विद्यालयका वि.व्य.स अध्यक्षहरु संग वसेर यावद विषयलाई लिएर छलफल गरिराखेका छौ । यसै गरी स्वास्य तर्फ हामीले वाहिरको मान्छे ल्याउर ७ जना अहेव, ६ जना अनमी नियुक्ति प्रक्रिया टुगोमा पु¥याईसकेका छौ । प्रत्येक वडामा स्वास्थ्य चौकि निर्माण गरिराखेका छौं । अर्को तिर राजगारी तर्फ हामिले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई निरन्तरता दि राखेका छौ अर्का तर्फ विभिन्न किसिमका उपलव्धिमुलक तालिमहरु ग्रिराखेका छौ । सिप सिकैं आत्मािर्भर वनौं भन्ने मुल नारा राखेर प्रत्येक वडा वडामा श्रोत व्यक्ति छनौट गरिसकेका छौं । यस्ता विषयमा हामिले थुप्रै कामहरु गरिराखेका छौ । यसै गरि खानेपानी तर्फ वडा नं ४ मा खानेपानीको वृहत कार्यक्रम छ जो ११ करोड ९ लाख वरावरको लागत ईस्टमेटको काम गरिराखेका छौ । यस जिल्लाका १० वटा स्थानीय तह मध्ये सवै भन्दा काकाकुलको अवस्था यसै गाउँपालिकाको डुम्रेधारापानी थियो जुन ४ नम्वरमा पर्छ । त्यसमा १ लाख ५० हजारका चार वटा ट्याकिं निर्माण भैरहेका छन । त्यहा दुधकोशीको पानी पनि लिफटिङ गरेर ल्याउने काम भैरहेको छ ।
शहरी विकास तथा व्यवस्थापनका लागि के गरिँदै छ ?
शहरी विकास र व्यवस्थापनका लागि हामिले गाउँपालिकामा एउटा हाट लगाउने त्यसपछि हामिले उत्पादन गरेका कृर्षि समानहरु लगायतका सवै यहाको एउटा भुगोल ठाउँ हाम्रो गाउँपालिकामा छैन अनि माथि अनकन्तरमा वसेकाहरुलाई यस गाउँपालिकाको नजिक ल्याउने सडक भएको ठाउँँमा ल्याउने वत्तिभउको ठाउँमा ल्याउने र उँहाहरुलाई सकेसम्म हाम्रो गाउँपालिकाले सेवा सुविधा दिने । हाम्रो वजार यरियाको रुपमा रहेको छिमेकि ऐसेलुखर्क गाउँपालिकामा छ , दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका , हलेसी तुवाचुङ गाउँपालिका मा जानु पर्ने वाध्यता थियो जो २÷३ घण्टा हिडेर जानु पर्ने हुन्थयो । एउटा विच सेन्टरमा वजार एरिया वनाउनको लागि वजेट छुट्टिसकेको छ । अनकन्तरमा रहेका मानिसहरुलाई विच सेन्टरमा पर्ने गरि सहरीकरण गरेर एक ठाउँमा ल्याउने हाम्रो उद्देश्य रहेको छ ।
तोकिएको समयमा विकास निर्माणको लक्ष्य हाँसिल गर्न कसरी काम गरि राख्नु भाको छ ?
तोकिएको समयमा विकास निर्माणका काम समयमै सकाउन हामि निरन्तर लागि रहेका छौं । हामिले सम्झौता गर्दा समेत एउटा समय राखेका, पेश्कि फर्चौत गर्दा पनि, र सम्झौता गर्ने पनि समय राखेर अघाडी वढिराखेका छौं । पौष मसान्ता सम्म हाम्रो सम्पुर्ण योजनाहरु सम्झौता गरिसक्नु पर्ने हुन्छ यसैगरी ज्येष्ट मसान्ता भित्रमा चै सम्पुर्ण योजनाहरुको कार्य सम्पन्न गरिसक्नु पर्ने भनेर हामिले गाउँसभावाट निर्णय गरेका छौं । यस पालिकाका सम्पुर्ण वडाहरुलाई यसै अनुसारको समय फलो गर्नभनि पत्र पठाईसकेका छौं । हाम्रा जनप्रतिनिधिहरु, कर्मचारीहरु यसै कार्यलाई फलो गरिराख्नु भाको छ । हामिले तोकिएको समय भन्दा अगावै गाउँपालिकाले दिएका योजनाहरु सहि किसिमले उपरोक्त हिसावले नहतारिकन काम गरिराखेका छौ. । हामिले असार मा मात्र काम योजनाहरु वितरण गर्ने परिपार्टी थियो तर हामिले अघाडीदेखि नै यस कार्यलाई काममा लगाएका छौ र अव धेरै अधिकांस करिव ७० प्रतिसत हाम्रो रावावेसी गाउँपालिकाले सम्पन्न गरिसकेको छ । हामि उपयुक्त समयमा सवै योजनाहरुको सेड्युल वनाएर समयमै सम्पन्न गर्ने तयारीमा छौ. ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]