अस्मिता खत्री
देश पोष्ट /खोटाङ ।‘आर्थिक समृद्धि आधार, व्यवसाय प्रवर्धनको लागि पूर्वाधार’ भन्ने नराकासाथ प्रथम खोटाङ दिक्तेल महोत्सव २०७६ फागुन २ देखि १२ गतेसम्म दिक्तेल बजार स्थित माटिकोरे खेदमैदानमा हुने भएको छ ।
यस कार्यक्रमको तयारी स्वरूप आज २ गते विहिवार खोटाङ उद्योग वाणिज्य संघको सभाहलमा पत्रकार सम्मेलन गरेर एक लाख भन्दा वढी अवलोकन कर्ताहरुले अवलोकन गर्ने र एक अर्व सम्मको कारोवार हुने वताइएको छ ।
खोटाङ उद्योग वाणिज्य सङ्घको आयोजनामा हुने प्रथम खोटाङ दिक्तेल महोत्सवमा अनेकौं सम्भावना वोकेको खोटाङ जिल्ला धार्मिक , सांस्कृतिक , प्राकृतिक रमणियताको हिसावले उत्कृष्ट गन्तव्यको रुपमा रहेको र यहि क्षेत्रको प्रवर्धन गद्रै लाखौं पर्यटक भित्र्याई यसैवाट समृद्धि हांसिल गर्न सम्भव रहेको खोटाङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष उपीनकुमार राईले जानकारी दिनु भयो’ “उहाले भन्नुभयो प्रथम खोटाङ दिक्तेल महोत्सबमा खोटाङ जिल्लाका आदिवासीहरूको संस्कृति भेषभुषाहरुको प्रदर्शनी, सूचना प्रविधि, कृषि ,दसै दिन ख्याति प्राप्त राष्ट्रिय कलाकारहरूबाट गीत, नृत्य र हास्यव्यङ्ग्य सहितको प्रदर्शनी गर्ने वताउनु भयो ।
यसै गरी कार्यक्रममा स्थानीय कलाकारहरूको सांस्कृतिक प्रदर्शनी गरिने छ भने हस्तकला, जातीय खानाको मौलिक परिकारहरूको विक्री तथा प्रदर्शनी, विभिन्न राष्ट्रिय व्यक्तित्वहरूको सम्मान कार्यक्रम, विज्ञान प्रविधिसँग सम्बन्धित प्रदर्शनी राखिने साथै महोत्सवको अर्को आकर्षण भनेको पालिका स्तरीय दोहोरी प्रतियोगिता र खोटाङ आइडल नृत्य प्रतियोगिता लगायतका कार्यक्रमको आयोजना गर्ने तयारी भएको छ ।
खोटाङ उद्योग वाणिज्य सङ्घ खोटाङको आयोजनामा हुने महोत्सवलाई नेपाल उद्योग वाणिज्य महासङ्घ टेकु, काठमाडौँ र नेपाल उद्योग वाणिज्य महासङ्घ विराटनगर प्रदेश नं १ , जिल्ला स्थित २७ वटा भन्दा वढि संघ सस्था र गैर सहकारी संस्थाले सहयोग गरेको अध्यक्ष राईले वताए । जिल्ला स्थित सम्पुर्ण सरकारी कार्यालयहरुको पुर्ण सहयोग र आठ वटै गाउंपालिका र दुई नगरपालिकाको उपस्थितिमा हुने महोत्सवलार्य दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले प्रवर्धक गर्ने भएको छ ।
यस महोत्सवमा ६७ लाख वरावरको लागत ईष्टमेट तयार पारिएको छ भने १ अर्व वरावरको कारोवार हुने लक्ष्य लिएको छ । यस महोत्सवमा उद्घाटन र समापनको दिन वाहेक १० दिन सम्म सशुल्क हेर्न , देख्न पाईने र आमसर्वसाधारण लाइ रु ५० को टिकट लाग्ने साथै विध्यार्थि वर्गको लागि भने रु ३० मै अवलोकन गर्न पाईने व्यवस्था रहेको खोटाङ उद्योग वाणिज्य संघका महासचिव मनोजकुमार बजिमयले जानकारी दिए ।
प्रथम खोटाङ दिक्तेल महोत्सवले स्वास्थ्यको लागि मनोरञ्जन प्रदान गर्ने , दिक्तेल वजारको वजार प्रवद्र्धन गर्ने , पर्यटकिय स्थलहरुको प्रचार प्रसारमा सहयोग गर्ने , स्थानिय सस्कृतिलाइ देश तथा विदेशसम्म प्रचार प्रसार गर्ने उद्देश्य लिएको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]